सिवाईमा ५ महिला सहित ५३ जना पुरुषको स्वाव संकलन

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईका ५८ जना स्थानीयहरुको स्वाव नमुना संकलन गरिएको छ । प्रदेश नम्बर १ सकारको सामाजिक बिकास मन्त्री जीवन घिमिरे सहित खटिएको स्वास्थ्यकर्मी टोलीले सो नमुना संकलन गरिएको हो ।

त्रियुगा नगरपालिकाको भुल्केमा संक्रमित भारतीय मुस्लिम गुरुहरु उक्त ठाउँको मस्जिदमा पनि बसेकाले उनिहरुको पनि स्वाव नमुना लिईएको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

प्रमुख सुबेदीका अनुसार ५ महिला सहित ५३ पुरुषकोे स्वाव नमुना संकलन गरिएको थियो । चौदण्डीगढीको वडा नम्बर ५ को तीनटोल र वडा नम्बर ९ को एकटोलमा रहेका मुस्लिम समुदायका संकास्पद ब्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको स्वाव संकलन गरिएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।

मेयर राईको अनुसार वडा नम्बर ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नम्बर ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चौदण्डीमा यो पहिलो पटक स्वाव नमुना परिक्षण गरिएको हो ।

Facebook Comments