उदयपुर । जिल्ला समन्वय समिति उदयपुरले कोरोना भाइरस संक्रमण रोकथामका लागि केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम उपलब्ध गराएको छ । सहयोग बिहिबार उपलब्ध गराएको थियो ।
जिसस प्रमुख खड्गबहादुर परियारका अनुसार कोषमा १ लाख १३ हजार, ५ सय ३५ रुपैया जम्मा गरिएको हो । सरकारको एकद्वार प्रणाली अन्तर्गत केन्द्रिय कोषमा रकम जम्मा गरिएको प्रमुख परियारले बताए ।
यतिबेला बिश्वमै कोरोना भाइरसको संक्रमण फैलिरहेको समय संक्रमण विरुद्ध लडिरहेको र त्यसका निम्ति हरेक तह र तप्काको सहयोग आवश्यक रहेकाले सहयोग गरिएको उनले बताए । सहयोग सरकारले एकद्वार प्रणालीमा जम्मा गर्ने र खर्च गर्ने नीति लिएको कारण सिधै केन्द्रमा जम्मा गरिएको समेत उनले बताए ।
Facebook Comments