



उदयपुर । कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबितहरुलाई उदयपुर सदरमुकाम स्थित त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले राहत सामाग्री उपलब्ध गराएका छन् ।
लकडाउनले दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परेको भन्दै उद्योग बाणिज्य संघले त्रियुगाको वडा नम्बर ४, ५, ६ र १२ का एक सय घर घुरीलाई पुग्नेगरि सम्बन्धित वडा कार्यालयमा राहत सामग्री उपलब्ध गराएको अध्यक्ष गजेन्द्र भगतले बताए । अध्यक्ष भगतका अनुसार दाल, १५ बोरो चामल, ५ बोरा चिउरा, ७ बोरा भुजा, एक सय पिस माक्स र एक जर्किन सेनिटाईजर सो वडाहरुलाई उपलब्ध गराईएको छ ।
उक्त सामाग्रीहरु सम्बन्धित वडाका अध्यक्षहरुलाई बितरण गरिएको छ । यसैगरि त्रियुगा नगरपालिका भित्रको अन्य बाँकी रहेको वडाहरुमा पनि राहत सामाग्री उपलब्ध गराउने अभियान रहेको प्रथम उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए । उपाध्यक्ष रसाईलीका अनुसार बाँकी रहेका वडाहरुमा चाडै राहत सामाग्री उपलब्ध गराईने छ ।