लिम्चुङबुङका सबै नाका बन्द

लिम्चुङबुङ । उदयपुरको कर्णाली प्रदेश भनेर चिनिने लिम्चुङबुङ गाउँपालिकाले कोभिड १९ कोरोना भाईरसको संक्रणम फैलिन नदिन पालिका भित्र्निे सबै नाका बन्द गरेको छ ।

पालिकाको बिहीबार बसेको बैठकले उच्च सतकर्ता अपनाउने निर्णय गर्दै वडानम्बर ३ स्थित महेन्द्र माध्यमिक बिद्यालय वारहामा २० सैयाको क्वारेन्टाइन स्थापना गरेको छ । त्यस्तै पालिका भित्रका मुख्य चार नाका वडानम्बर ३ को माझखर्क, १ को वतासेघाटे, ५ को चनौटे र ५ को बुइखा भञ्ज्याङमा हेल्प डेक्स स्थापना गरेको अध्यक्ष मेजरकुमार राईले बताए ।

गाउँपालिका क्षेत्रका नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै १५ दिन यता भारत लगायतका विभिन्न मुलुकबाट पालिका भित्रिएका व्यक्तिहरुको तथ्यांक संकलन गरी जिल्ला प्रशासन कार्यालय उदयपुरमा अध्यावधि गराउने काम गराउने निर्णय भएको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *