आँखा अस्पताल गाईघाटमा क्वारेन्टाइन वार्ड र आइसोलेसन वार्ड स्थापना

उदयपुर । विश्वभर फैलिएको नोवेल कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि मदन भण्डारी आँखा अस्पताल गाईघाटले संक्रमित बिरामी उपचारका लागि अस्पताल भवन र भवनभित्रको कोठाहरु उपलब्ध गराउने भएको छ ।

अस्पतालले कोरोना भाईरस नियन्त्रण र संक्रमित बिरामी उपचारको लागि क्वारेन्टाइन डेक्स र आइसोलेसन वार्ड स्थापनाको लागि भवन र भवनभित्रकोे कोठाहरु उपलब्ध गराउन लागेको हो । बिषेशगरि प्रदेश नम्बर १ को सरकारलाई सहयोग गर्ने उद्देश्यले भवन र भवनभित्रकोे कोठाहरु उपलब्ध गराउन लागिएको हो ।

अस्पतालले आँखा अस्पतालको भवन र भवनभित्र रहेको कोठा प्रयोग सम्बन्धमा बुधबार प्रदेश सरकारलाई पत्र समेत पठाएर जानकारी गराईएको नेपाल नेत्र ज्योति संघ उदयपुर तथा मदन भण्डारी आँखा अस्पताल गाईघाटका सभापति भागवत राउतले बताए ।

सभापति राउतका अनुसार नागरिकको स्वास्थ्य संम्बेदनशिलतालाई बिशिष्ट किसिमले सम्बोधन गर्नुपर्ने देखिएकोले प्रदेश सरकारलाई सघाउन पु¥याउन आँखा अस्पतालको भवन र भवनभित्र रहेको कोठा प्रयोगको लागि जानकारी पत्र पठाईएको हो ।

त्रियुगा नगरपालिका १० बोक्से स्थित बासबारीमा रहेको आँखा अस्पतालको भवनभित्र ४२ वटा कोठाहरु रहेको छ । जसमा क्वारेन्टाइन डेक्स र आइसोलेसन वार्ड स्थापना पश्चात ५० जनाभन्दा बढी बिरामीहरुलाई उपचार गर्न सकिने अस्पताले जनाएको छ । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *