उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ गैरुनमा रोकिराखेको मोटरसाइकललाई सरकारी एम्बुलेन्सले ठक्कर दिदा एकको ज्यान गरेकोे छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
सडक किनारामा रोकि राखेको स.४. प. १६६२ र वा.१६ प. ७९२३ नम्बर दुइ वटा मोटरसाइकललाई त्रियुगा नगरपालिका १५ स्थित स्वास्थ्य चौकी खाबुको स.१ झ. ४७७ नम्बरको सरकारी एम्बुलेन्सले ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका त्रियुगा नौ झिल्केटोलका ६२ बर्षिय तिलक दनुवारको उपचारका लागी सदरमुकाम ल्याउदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) बिरबहादुर बुढामगरले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सोही ठाउँको १४ बर्षिय बालक रोशन दनुवार र ३२ बर्षिय राजकुमार दनुवारको अबस्था गम्भीर रहेकाले प्राथामिक उपचार पछि बिराटनगर पठाईएको एसपी मगरले बताए ।
Facebook Comments