पर्यटकीय क्षेत्र रौतामा सेनाको बृक्षारोपण

उदयपुर । जिल्लाको प्रमुख पर्यटकिय तथा प्रसिद्ध धार्मिक स्थल रौता पोखरी क्षेत्रमा नेपाली सेनाले वृक्षारोपण गरेको छ । रौतामाई गाउँपालिका वडा नम्बर ६ स्थित स्थित रौतापोखरी क्षेत्रमा सेनाको १८ नम्बर बाहिनीको नेतृत्वमा ६ हजार तीन सय बिभिन्न प्रजातिका बिरूवा रोपिएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको पाँच सय हेक्टर क्षेत्रफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले संयुक्तरूपमा बिरूवा रोपेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनता संरक्षणमा नेपाली सेनाको स्थापनाकालदेखि नै गौरवमय सुनौलो इतिहास रहदै आएको बताए ।

उनले केन्दीकृत साशन पद्धतिलाई फड्को मारेर मुलुक अहिले विकास र समृद्विको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढेको बताए । राईले सुखि नेपाली समृद्व नेपालको महान अभियानमा नेपाली सेना हरपल सवैको साथमा रहेको बताए । मुख्यमन्त्री राईले मुलकमा स्थिर सरकार र स्थायी शान्ति नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने भएकोले अवको दिनमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले संघीयता कार्यान्वयन सँगै जनताका चाहाना र आवश्यक्ता पुरा गर्ने बताए ।

हिजोको द्वन्द र केन्द्रिकित साशन प्रणालीबाट गुज्रिएर आर्थिक विकासमा निकै पछि परेको स्मरण गर्दै उनले भने, ‘नेपाललाई सभ्य र समृद्ध बनाउने सवैको सामुहिक दायित्व हो ।’ भने, ‘देश विकासको मेरुदण्ड भनेकै गाउँको विकास भएकोले ग्रामीण क्षेत्रको विकासमा प्रदेश १ को सरकार कटिवद्ध छ ।’

उनले उदयपुरको प्रशिद्ध धार्मिक एवम् पर्यटकीय रौता पोखरी क्षेत्रमा पर्यटन प्रवद्र्वन गरी आकर्षक गन्तब्य वनाउनका लागि रौतामाई गाउँपालिकाले तयार पारेको गुरु योजना अनुरुप बजेट उपलब्ध गराउन प्रदेश १ को सरकार तयार रहेको बताए । प्रधानसेनापती पूर्णचन्द्र थापाले नेपाली सेनाले आफ्नो मुख्य जिम्मेवारी बाहेक वन, बन्यजन्तु, पार्यावरणको सुरक्षाको र संरक्षणमा विशेष योगदान पुर्याउदै आएको बताए ।

नेपाली सेनाले एक सैनिक जवान एक विरुवा भन्ने नीति अन्तरगर्त बृक्षारोपण गरिरहको जानकारी दिए । गाउँपालिकाले रौतापोखरी आसपासमा खाली रहेको करिव पाँचसय रोपनि क्षेत्रफल जमिनमा नेपाली सेनाले वृक्षारोपण गरेको हो । सेनाले १८ नम्बर बाहिनीको नेतृत्वमा टिमुर तीनहजार, तेजपात तीनहजार र नासपाती तीनसय गरी जम्मा छ हजार तीनसयसय थान विरुवा रोपिएको हो ।

समुन्द्र सतहदेखि एक हजार पाँच सय मिटर उचाईमा रहेको रौतापोखरी क्षेत्रमा तेजपता, नास्पाती र टिमुर प्रजातिका विरुवा रोपिएको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा समाजमा बिशिष्ट योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तीलाई सम्मान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *