लिम्चुङबुङ गाउँपालिकामा शंकास्पद बस्तु फेला

दिनेश राई
लिम्चुङबुङ उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा एक शंकास्पद बस्तु फेला परेको छ । फेला परेको बस्तु हाते झोलाभित्र रहेको छ । झोलाभित्र रहेको झोलामा प्रेसर कुकर जस्तो देखिने र तार जडित मोवाईल रहेको छ ।

अध्यक्ष मेजर कुमार राईको कर्यकक्षा प्रवेश गर्ने दायापट्टि भुईमा राखिएको अवस्थामा सो बस्तु फोला परेको हो । कार्यालय खुलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा उक्त शंकास्पद बस्तु फेला परेको सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए । अधिकारी कार्कीका अनुसार अहिले सवै कर्मचारी र स्थानीयहरु आतंकित भएका छन् ।

अहिले भेटिएको शंकास्पद बस्तु पहिचान नभएको कारण स्थानीय प्रहरीले घटना स्थललाई सिल गरेर राखिएको छ । त्यस शंकास्पद बस्तुको पहिचानको लागि १८ नम्बर बाहिनेबाट नेपाली सेनाको डिस्पोजल टोली त्यस तर्फ जादैगरेको जिल्ला प्रहरी कर्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) बिरबहादुर बुढा मगरले बताए ।

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *