आमा छोरी हत्याका कसुरदारलाई आजिवन काराबास

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले आजिवन काराबासको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले मंगलबार सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा व्यापार गर्दै आएका ४० बर्षिय रामहरी साहलाई आजिवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।

त्यस्तै गिरफ्तार परेका साहसँग फेला परेको सुनको रिगं र मगंलसुत्र पीडितको भएको कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेश गरिएको श्रे्रस्तेदार राजकुमार आचार्यले जानकारी दिए । कसुरदारले २०७६ असोज २४ गते साँझ २८ बर्षिया गोमा भनिने शारदा चौधरी र छोरी ६ बर्षिया रचना चौधरीलाइ धारिलो हत्यार प्रयोग गरी हत्या गरेको भन्दै प्रहरीको अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।

घरमा आमा र छोरी मात्र बसेको थाहापाएर हत्या गर्ने योजनाकासाथ उनी एक्लै पीडितको घर पुगेका थिए । कसुरदारलाई प्रहरीले असोज २५ गते मोतिगडाबाट पक्राउ गरेको थियो । कसुरदारले प्रहरीसँगको वयानमा विगत लामो सयमदेखि मृतकसँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि धारिलो हत्यार प्रयोग गरी हत्या गरेको बताएका थिए ।

मृतकसँगको सम्बन्ध पछि जेठी पत्निलाई सिरहा घरमा छोडेर विवाह गर्ने योजनाकासाथ मोतिगडा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको बताएका छन् । हत्याको क्रममा छोरीले देखेपछि छोरीलाई पनि हत्या गरेको बताएका छन् ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *