बसको ठक्करबाट उदयपुरमा एकको मृत्यु

उदयपुर । उदयपुरमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्से बस्ने बर्ष ३६ को नारायण खड्का रहेको छ । उनको मंगलबार विहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दिनेश कुमार चौधरीले बताए ।

प्रमुख चौधरीका अनुसार गाईघाटदेखि जलजलेतर्फ जादै गरेको बसले त्रियुगा नगरपालिका–५ देउरी चोकमा ठक्कर दिदा उनको मृत्यु भएको हो । पैदल यात्रीको रुपमा रहेको खड्कालाई बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाईते भएको खड्काको उपचारको क्रममा उदयपुर जिल्ला अस्पतालमा मृत्यु भएको थियो । अहिले उनको शब जिल्ला अस्पतालमा राखिएको छ भने ठक्कर दिने बस र चालकको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *