३५ के.जी. अबैद्य गाँजा सहित उदयपुरमा तीन युवा पक्राउ

गजेन्द्र राई
उदयपुर ।  ठूलो संख्यामा अबैद्य लागूऔषध गाँजा सहित उदयपुरमा तीन युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी स्थित धरान उप–महानगरपालिका–८ बरगाछी बस्ने बर्ष २८ को योजेन्द्र गजमेर, धरान उप–महानगरपालिका–१५ श्यामचोक बस्ने बर्ष ३१ को धर्मराज श्रेष्ठ र सोहि उप–महानगरपालिका–३ पिण्डेश्वर बस्ने बर्ष २७ को बिनोद सुनार रहेको छ ।

पक्राउ परेको मध्ये श्रेष्ठ गाडी चालक हुन् । उनिहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेश रामपुरठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले बताए । एसपी राईका अनुसार बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय बोलेरो जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर जिल्लाको बेलका नगरपालिका–५ स्थित शिखरमाडीबाट सुनसरीको ईटहरीतर्फ लादै गरेको गाँजा बरामद गरिएको थियो ।

गाँजा बोक्न प्रयोग भएको गाडी भारतीय रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको तिनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाईने एसपी राईले बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *