गाउँको विकास दीगो र उपलब्धीमूलक बनाउन उदयपुरमा जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि

उदयपुर । स्थानीयतहका जनप्रतिनिधिलाई योजना निर्माण, कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन तथा मूल्यांकन विधिबारे उदयपुरमा क्षमता अभिबृद्धिबारे तालिम सुरु गरेको छ । स्थानीयतहमा सञ्चालित योजनाहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकन’ विषयक तिनदिने तालिम शुक्रबारदेखि सुरु गरिएको जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले बताए ।

परियारका अनुसार संविधानले स्थानीयतहलाई संघीय र प्रदेशजत्तिकै अधिकारसम्पन्न सरकारको हैसियत दिएको भए पनि योजना निर्माण, सञ्चालन विधि, बजेट परिचालन तरिकालगायत योजनाको अन्तरवस्तुबारे जनप्रतिनिधिको क्षमता विकास गर्नु अपरिहार्य देखिएकाले तालिमको आयोजना गरिएको हो । गाउँ तथा नगरपालिकामा विकास निर्माणका नाममा वर्षेनी हजारौं योजना सञ्चालन गरिने र त्यसमा अर्वौं बजेट खर्च हुदै आए पनि जनता विकासको अनुभूति गर्न नपाएको गुनासो आउने गरेको छ ।

यसप्रति जनप्रतिनिधिलाई सचेत र सक्षम बनाउनु आवश्यक देखेर तालिम आयोजना गरिएको उनले बताए । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेकसँगको समन्वयमा आयोजित तािलम भदौ १ गतेसम्म चल्ने छ । तालिममा योजनाविद स्रोतव्यक्ति तारानाथ निरौलाले विकास निर्माणका योजना जनमैत्री, परिणाममुखी, उपलब्धीमूलक र दीर्घकालीन बनाउने तरिका र विधिबारे सहजीकरण गरिरहेका छन् ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका योजना अनुगमनविज्ञसमेत रहेका निरौलाले जनप्रतिनिधिलाई योजना निर्माणपूर्व, निर्माण प्रारम्भदेखि परिचालन, अनुगमन र मूल्यांकन तथा भुक्तानी हुँदै फछ्र्यौटसम्मका विधिबारे सुक्ष्म ढंगले जानकारी गराए ।
कार्यक्रममा वल्र्डभिजनका स्वास्थ्य तथा पोषण परियोजना विशेषज्ञ मोहन डाँगीले तीन तहको सरकारमध्ये जनताले छुन सक्ने सरकार स्थानीयतह भएकाले जनप्रतिनिधिहरु जिम्मेबार, सक्षम, दूरदर्शी र जनमैत्री हुनुपर्ने भन्दै त्यही जिम्मेबारी बोध गराउन तालिम आयोजना गरिएको बताए ।

तालिममा जिल्ला समन्वय प्रमुख, उपप्रमुख, समन्वय समिति सदस्यहरु, गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, सरोकारवाला संघसंस्थाका प्रतिनिधि, सहयोगी संस्था वल्र्डभिजन इन्टरनेशनल नेपालका साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

भिडियोः–


Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *