विकास निर्माणको विशाल राजमार्ग खुलिसक्यो, अब दौडिन मात्र बाँकीः मुख्यमन्त्री राई

उदयपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्रि शेरधन राईले विकास निर्माणको विशाल राजमार्ग खुलिसकेको बताएका छन् । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ प्रदेश नम्बर १ को प्रथम अधिवेशनलाई बिहिबार उदयपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले विकास निर्माणको विशाल राजमार्ग बनिसकेको भन्दै उनले अब दौडिनमात्र बाँकी रहेको बताए ।

संघीयता कार्यान्वनको चरणमा केहि ढिलासुस्ति जस्तो देखिएको समेत मुख्यमन्त्रि राईले बताए । उनले अबको समय बिकास र निर्माणको काम भएकाले सबै जनतालाई निराश नहुन आग्रह गरेका छन् । मुख्यमन्त्रि राईले आफ्नो अधिकारको निम्ति नेपाली जनताहरुले थुप्रै वलिदानीपुर्ण संघर्ष र आन्दोलन गरेको बताए । त्यसको फल स्वरुप नेपाली जनताले आफुले चाहेअनुसारको अधिकार पाईसकेको धारणा व्यक्त गरे । उनले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चाडैँ मुलधारका राजनीतिमा आउने दावीसमेत गरेका छन् ।

‘बलिदानिपुर्ण संर्घषबाट नेपाली जनताले ठुला–ठुला उपलब्धहरु पाईसकेकाछन्’ मुख्यमन्त्रि राईले भने ‘प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समुहले पुनः बलिदानी संघर्ष गर्छु भन्नु उपयुक्त हुँदैन् ।’ पछिल्लो समय विप्लव समुहले गरेका गतिबिधि देश र जनताको हितमा नभएको तर्क गर्दै उनले भने, ‘जनतालाई प्रतिकुुल नहुने कुनैपनि गतिबिधि प्रदेश सरकारलाई स्वीकार्य हुदैन, त्यसैले संबिधानलाई आत्मसाथ गरी मुलधारको राजनीतिमा फर्कन आव्हन गर्दछु ।’

मुख्यमन्त्रि राईले प्रदेश सरकारको कामकार्वाहीमा केहि ढिलाई भएको जनताको गुनासो आएको स्वीकार गर्दै संघीयता कार्यान्वनको चरणमा रहेकोले प्रदेश सरकार भौतिक पुर्वाधार र कानुन निर्माणमा केन्द्रित रहेको स्पष्ट पारे । ‘पुर्वाधार, कानुनहरु तयार गरेर चुनाव लडुनु पर्दथ्यो’ उनले भने ‘तयारी विना चुनाव भएकाले जनप्रतिनिधिको ध्यान विकासभन्दा पनि भवनको खोजी र कानुन निर्माणमा गयो ।’ उनले भने, ‘हामी खाली जग्गामा पिरा र गुन्द्रीमा बसेर काम गर्नु पर्ने अबस्था आयो, जसलेगर्दा जनताका विकास निर्माणका चाहानामा केहि ढिलाई भयो ।’ अभ्यास विनाको संघिय व्यवस्था कार्यान्वय गर्नु पर्ने दायित्व भएकालेपनि केहि काममा असहजता भएको उनले स्वीकारे ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *