उदयपुर । उदयपुरका एक पुर्वकर्मचारीले आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा शुसाईटनोट लेखी आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका उदयपुरको त्रियुगा नगरपालिका १० का ६० बर्षिय हरी आर्चाले मृत्युअघि दुई पानाको सुसाईनोट लेखेको पत्र प्रहरीले फेला पारेको हो ।
उनले सुसाईटनोटमा लेखेका छन्, ‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठुलो भ्रष्टचारी भए, प्रमुख अख्तियार आयुक्त नविनकुमार घिमिरेको आयु २ सय बर्ष होस, म जस्तालाई निर्दोष विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौँले सहयोग गर्नु । प्रमुख आयुक्त घिमिरेसँगै घरपरिवारलाई पनि सन्देश दिँदै उनी विदा भएका छन् ।
उनले लेखेकाछन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाईसकेको थिए । ‘ममिले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममिलाई राम्रो गर्नु । म विदा भए । खातामा पैसा छन्, श्रीमती केहि जान्दिन साथीभाईले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु ।
भेष्टको गोजीमा राखिएको सुसाईटनोटमा, ‘कान्छो छोराको व्याचलर सकुला भनेको थिए सकिन, पापी भए । बाणिज्य नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो व्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । त्यसअघि उनले लेखेकाछन्, ‘बिरेन्द्र काका लगायत छिमेकीले भैसी, खसी तह लगाईदिनु । आमा साहिली वुहारी र भतिजाले सुरक्षा गर्नु ।
सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पुर्वकोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला । २५ गते बेलुका ६ बजे सुसाईटनोट लेखि घरबाट वाहिरिएका आचार्यले अन्तमा आफन्तले भैसी, खसी जतिमा हुन्छ त्यतिमा विक्री गरी सहयोग गरिदिनु आग्रह गरेका छन् ।
आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिषयमा काठमाण्डौँ गई आएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ । अदालतबाट मुद्दा खारेजी भइसकेको अबश्थामा अख्तियारीले पुन विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाईटनोटमार्फत व्यक्त गरेकाछन् ।