त्रियुगा नगरपालिका परिसरमा नक्कली प्रेसरकुकर बम फेला

त्रियुगा । उदयपुरको सदरमुकाम गाइघाटस्थित त्रियुगा नगरपालिका कार्यलय परिसरमा तर्साउने उदेश्यले शंकास्पद रुपमा प्रेसर कुकर राखिएको सुरक्षा संम्यन्त्रले जानकारी दिएको छ । शुक्रबार बिहान त्रियुगा नगरपालिका ११ मा रहेको कार्यालय परिसरमा शंकास्पद अबश्थामा प्रेसर कुकर भेटिएको थियो ।

सेनाले वमको आशंका गरी निस्कृय पार्नेक्रममा कुकरभित्र कपडा र तरल पदार्थ मात्र फेला पारेको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले जानकारी दिए । भुल्केस्थित नेपाली सेनाको १८ नम्बर वाहिनीबाट खटिएको टोलीले प्रेसरको विर्को खोल्न वाटर क्यान प्रयोग गर्दा कपडा र तरलपदार्थ मात्र भेटियएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । ‘तर्साउने मनसायले कुकर राखिएको हो, यसमा हामी संम्बेदनशिल छौ ।’ बुढामगरले भने ।

सेनाले कुकरको विर्को खोल्न एक राउण्ड वाटर क्यान फायर गरेको एसपी मगरले बताए । २४ सै घण्टा सुरक्षागार्ड बसेको नगरपालिका कार्यालय भित्र कसरी कुकर राखियो भन्ने बिषयमा अनुसन्धान भईरहेको बुढामगरले बताए । सुरक्षागार्डसँग सोधपुछ गर्दा बिहीबार दिउँसो ५ बजेतिर उक्त बस्तु देखिएको र सुरक्षागार्डले फोहोर ठानी वेवास्ता गरेको भनेको एसपी मगरले बताए ।

उनले चारैतिर घेराबेरा भएको कार्यालयमा कसरी राखियो, कहाँबाट ल्याइयो अनुसन्धान भईरहेको बताए । सिसी क्यामेराको निगरानीमा रहेको कार्यालयमा रातभर कुनै त्यस्तो व्यक्ति कार्यालय भित्र प्रवेश गरेको नदेखिएको एसपी मगरले बताए । विहान सरसफाइकालागि ट्याक्टर झिक्न लाग्दा शंकास्पद अबश्थामा झोला भित्र राखिएको प्रेसरकुकर फेला परेको हो ।

लगत्तै नगरपालिकाका कर्मचारीले प्रहरीलाई खवर गरेका थिए । शंकास्पद वस्तु फेला परेलगतै प्रहरीले कार्यालय परिसर २ घण्टा घेरा हालेको थियो । पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गतिबिधि बढिरहेकाले शंकास्पद प्रेसर कुकर राख्नुमा उनीहरुकै हात हुन सक्ने आशंका गरिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *