उदयपुर । छैठौ उदयपुर रमपम गोल्ड कप प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आयोजक उदयपुर ११ लाई हराउँदै गोर्खा ब्वाईज रुपन्देही फाइनलमा प्रवेश गरेको छ । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रुपन्देहीले ४–१ फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
उदयपुर गोल्ड कपमा दोस्रो पटक सहभागिता जनाएको रुपन्देहीले आयोजकलाई ४–१ गोलले हरायो । थरुहट रंगशालामा बिहिबार भएको खेल शुरु भएको २ मिनेटमै रुपन्देहीका तर्फबाट जर्सी नं. १२ का सुनिल कुमार यादवले गोल गर्दै खेललाई अग्रता दिएका थिए । पहिलो हाफको १८ औं मिनेटमा रुपन्देहीका जर्सी नंं ९ का विदेशी खेलाडी डेनियलले गोल गर्दै खेल २–० गोलको अग्रता दिए ।
रुपन्देही दोस्रो गोल गरेको ४ मिनेट नवित्दै २२ औं मिनेटमा रुपन्देहीको जर्सी नं. ७ का फोफनाले गोल गर्दै खेल ३–० को अग्रता दिए । दोस्रो हाफको ७८ औं मिनेटमा उदयपुर ११ को तर्फबाट जर्सी नं. २३ का सुनिल खड्काले १ गोल गर्दै खेल ३–१ गोलको अन्तरमा ल्याई पुर्याए । खेलको ८२ औं मिनेटमा पुनः रुपन्देहीका जर्सी नं. ७ का विदेशी खेलाडी फोकनाले गोल गर्दै खेल ४–१ ले जित हासिल गर्दै रुपन्देही फाइनलमा प्रवेश गरेको हो ।
करिब तीन हजार घरेलु दर्शकको समर्थन पाएको आयोजक उदयपुर ११ ले खेलमा गोल गर्ने मौका गुमाउँदा उदयपुर दर्शकको आशा निराशामा परिणत भए । आजको खेलको म्यान अफ दि म्याच रुपन्देहीका जर्सी नं. १५ का विदेशी खेलाडी पेपे घोषित भए । उनले ७ हजार प्राप्त गरे । उनलाई एन्फाका प्रवक्ता किरण राईले पुरस्कार वितरण गरे ।
फाइनल खेल असार ७ गते शनिबार सशस्त्र प्रहरी फुटबल (एपिएफ) क्लब काठमाडौं र गोर्खा ब्वाईज रुपन्देही विच हुने छ । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
एसियन थाइफुड्स प्रालि र गैडा छाप उदयपुर सिमेन्टको मुख्य प्रायोजन रहेको छ । समापनको प्रमुख अतिथिको रुपमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जानकारी दिए ।
भिडियोः–