लिम्चुङ्बुङ गाउँपालिकामा ‘लिम्चुङ्बुङ अनलाईन खबर’को उद्घाटन

लिम्चुङ्बुङ । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा पहिलो पटक अनलाईन पत्रिकालाई सञ्चालनमा ल्याईएको छ । स्थानीय जनतालाई मिडिया मार्फत सुसूचित गराउने उद्देश्यले ‘लिम्चुङ्बुङ अनलाईन खबर डट कम’ लाई सञ्चालनमा ल्याईएको हो ।

सोमबारदेखि सञ्चालनमा ल्याईएको अनलाईनको उद्घाटन गाउँपालिका उपाध्यक्ष रमिला राई र नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले अन्य मिडिया जस्तै निष्पक्ष रुपमा ‘लिम्चुङ्बुङ अनलाईन खबर डट कम’ले पनि कलम चलाउनु पर्ने बताएका छन् ।

उनले सञ्चालनमा आएको पत्रिकालाई जस्तोसुकै सहयोग गर्न पनि गाउँपालिका तयार रहेको पनि बताए । त्यसैगरि नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष खड्काले मिडियालाई जन्मदिन जति सजिलो हुन्छ, निरन्तरता दिन त्यतिनै गा¥हो हुने बताए । उनले लिम्चुङ्बुङ अनलाईन खबरले लिम्चुङ्बुङ गाउँपालिकाको खबरलाई बिशेष प्राथामिकता दिएर पत्रिकारिता क्षेत्रमा योग्दान पु¥याउने आफुले बिश्वास लिएको बताए ।

त्यसैगरि लिम्चुङ्बुङ अनलाईन खबरका सञ्चालक डिकमणी राईले अनलाईन सञ्चानलको लागि सबै हिसाबले आफुहरु तयारी रहेको बताए । उनले अनलाईन सञ्चानल तयारीको क्रममा सबै पक्षसँग सल्लाह सुझाब लिदै आएको र निरन्तर साथ सहयोग पनि लिईरहने बताएका छन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *