मोरङ दुर्घटनामा तीनको सनाखत : टायर पड्किएर भएको थियो दुर्घटना

पथरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार घटनामा मोरङको लेटाङ–३ का मोटरसाइकल चालक तिलक लिम्बू र मोटरसाइकलमा सवार देवेन्द्र लिम्बू तथा बसमा सवार झापाका पुरुषोत्तम सुवेदी र नाम नखुलेकी एक महिलाको मृत्यु भएको छ ।

घाइते हुनेमा इलाम सूर्योदयकी बबिता विक, कोरोबारी झापाका रोशन मण्डल, सतन इम्बू, सुनिता टुडु, सतुवा हैमरन, गौरीगन्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिष भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगन्ज झापाकै दिलीप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा रहेका छन्

यसैगरी, अन्य घाइतेमा सिक्किम भारतकी मित्रावती भट्टराई, नारायणप्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल रानामगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई छन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार काँकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको मुक्तिनाथ डिलक्स बसको अगाडिको टायर पड्किएर दुर्घटना भएको हो ।

टायर पड्किएर अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सडकको उत्तरतर्फ पल्टिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *