चीन भ्रमणअघि प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्री र विज्ञहरुसँग छलफल

काठमाडौं, १० चैत  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व प्रधानमन्त्रीहरुसँग आफ्नो चीन भ्रमणबारे परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको परामर्शमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवालगायत सहभागि भएका थिए ।

त्यस्तै पुर्व अर्थमन्त्री र विज्ञहरुको टोलीसँग पनि प्रधानमन्त्री प्रचण्डले आजै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा पुर्व प्रधानमन्त्रीहरुले चीन भ्रमण फलदायी बनाउन सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डको टोली आज साँझ एकसाता लामो चिन भ्रमणमा जाँदैछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *