त्रियुगाको दुई वडामा ३७ बर्षमा पनि खानेपानी आयोजना सकिएन

त्रियुगा । आयोजना सुरु भएको ३७ बर्षसम्म पनि सम्पन्न नहुँदा उदयपुरको त्रियुगा नगरपालिका वडानंम्बर ८ र १६ का उपभोक्ता काकाकुल जीवन विताउन बाध्यछन् । २०३८ सालमा २० हजार रुपिँया बजेटबाट सुरु गरिएको साहीखोला खानेपानी आयोजना हालसम्मपनि पनि सम्पन्न हुन सकेको छैन् । आयोजना सम्पन्न नहुँदा त्यहाँका १ हजार ८ सय घरपरिवार दुषित पानी पीउन बाध्य भएका हुन् ।

१३ घर धुरी हुँदा सुरु गरिएको आयोजना बस्ति बढेर ४ सय ४३ घरधुरी पुगेको समितिका अध्यक्ष मदनराज कटुवालले जानकारी दिए । आयोजना सम्पन्न हुन नपाउँदै लथालिङ भएपछि उपभोक्ताले हैरानी खेप्नु परेको हो । तत्कालिन सांसद चक्रबहादुर बस्नेतको कार्यकालमा सुरु गरिएको आयोजनामा हालसम्म भरतबहादुर कार्की, कमलबहादुर राउत, नारायण खड्का, इश्वर खड्का र मदनराज कटुवाल गरी ५ जना अध्यक्ष फेरिसकेका छन् ।

सुरुका बर्ष २÷३ लाख वजेट भएपनि पछिल्लो साँढे तीन दशकदेखि कुनै वजेट नभएको अध्यक्ष कटुवाल बताउँछन् । यधपि सुरुका बर्षको वजेट कुनै एकिन नै नभएको उनी बताउँछन् । कतैबाट पनि वजेट नपाएपछि स्थानीय आफैले चन्दा उठाएर दुःखले मर्मत गरी पानी सञ्चालमा ल्याएपनि नियमित नभएको अध्यक्ष कटुवालले बताए । सुरु भएको आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्नु पर्ने हो तर अहिलेसम्म हस्तान्तरण नभएको उनको भनाई छ ।

वजेट अभावकैकारण जमिनमुनी राख्नु पर्ने पाईप जमिनमाथि नै राखेर सञ्चालनमा ल्याइएको उनले बताए । ठाउँ–ठाउँमा प्वाल र गासिँएका भागबाट यत्रतत्र पानी चुहेर जाँदा पुछारका बस्तिमा पानी नै आईनपुग्ने समस्या रहेको उनी बताउँछन् । ‘हामीसँगै कुनै स्रोत छैन्, जनताबाट कति चन्दा उठाउने, अध्यक्ष कटुवालले भने, ‘वजेट नभएकैकारण नियुक्त गरेका एक जना पलम्बरलाई पारिश्रमिक दिन नसक्दा आउन मन लागेको दिन आउने नत्र आउँदैन्, यसरी कतिदिनसम्म धान्ने ।

दिगो समाधान हुने गरी एकमुष्ट वजेट नआउँदा उपभोक्ता मर्कामा परेको खानेपानी उपभोक्ता समितिका पुर्वअध्यक्ष नारायण खड्काले बताए । २०५१ सालमा व्यवस्थितिरुपले सञ्चालन गर्नका लागि ६५ वटा धारा बनाउने तयारी गरेपनि कतैबाट वजेट नआएपछि आयोजना अलपत्र परेको उनी बताउँछन् । धारामा पानी नआएपछि सर्वसाधरण खोला तथा कुवाको दुषित पानी पीउन बाध्य रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कटुवालले बताए ।

उनले भने, ‘उच्च ठाउँमा छ, ट्युवेल र इनारमा पानी आउँदैन्, त्यसैले दुषित भएपनि प्यास मेटाउन खोला र कुवाँ धाउनु परेको हो ।
पानीको स्रोत प्रसस्तै भएर पनि वजेट व्यवस्थापन हुन नसक्दा समस्यामा परेको उपभोक्ताको भनाई छ । करिव ५ किलोमिटर माथि रहेको शाहीखोलामा पानीको स्रोत प्रसस्तै भएपनि ल्याउने माध्यम नहुँदा दुषित पानी पीउन बाध्य भएको स्थानीय इन्द्रबहादुर बस्नेत बताउँछन् । ‘सबै बस्तिलाई पुग्ने गरी मुहानमा पानी छ, अध्यक्ष कटुवालले भने, ‘यसपटक वजेट व्यवस्थापनका लागि जनप्रतिनिधि, खानेपानी कार्यालय र मन्त्रालयसम्म पुगेका छौ, कहिबाट आयो भने कसैले दुषित पानी पीउने पर्दैन ।

खोलामा ३५ मिटर अग्लो ड्याम बनाएर आयोजना सञ्चालन गर्ने गरी प्रस्तावन पेस गरिएको उनको भनाई छ । प्रति सेकेण्ड ७ लिटरसम्म क्षमता रहेको उक्त आयोजना वजेट व्यवस्थापन भए प्रत्येक घरमा धारा बनाउन सकिने समितिका महासचिब लोकबहादुर कार्कीले बताए । पानी अभावकैकारण वडामा रहेका तीन वटा बिद्यालयका शौचालयहरुसमेत प्रयोगमा आएका छैनन् । पानी अभाव भएपछि बिद्यार्थीलाईसमेत समस्या भएको आधारभूत बिद्यालय साहीखोलाका शिक्षक भरत बस्नेतले बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *