सरकार अवसरबाट चुक्योः नेता पौड्ल

उदयपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्ेलले सरकार अवसरबाट चुकेको आरोप लगाएकाछन् । नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडे्लले कम्युनिष्ट सरकारले आफ्नो सत्तालाई टिकाई राख्ने राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रष्ट पारे ।

‘कम्युनिष्ट सासन व्यवस्थामा बिकास कस्तो हुन्छ भन्ने जनताको चाहान थियो, पौड्ेलले भने, ‘त्यहीँ चाहना परिपुर्तिका लागि दुईतिहाई वहुमत दिए, तर जनताको भावनामा तुषारापात भयो । भन्छन्, ‘एकल नेतृत्वको सरकारबाट समृद्ध नेपाल हुन्छ भन्ने जनताको चाहाना अहिलेको सरकारबाट कहिँ कतै देखिएन त्यसैले विकल्प खोजी रहेका छन् ।

उनले सरकार सुशासनभन्दा पनि कुशासनतर्फ उद्धत देखिएकाले नेपाली काँगेस जनताको भावनामा आत्मसाथ गर्न जागरण अभियान लिएर गाउँ पसेको बताए । सरकारको कामकारवाही चित्त बुझ्दो नभएको अबश्थामा पार्टीलाई ‘खरोे र दरो बनाउन जनताको घरदैलोमा देशभरका नेता कार्यकर्ता हिडेको उनको भनाई छ । नेता पौड्ेलले मुलुक समृद्ध बनाउने हो भने कृषि क्रान्ति, पर्यटन र उर्जाशक्तिको विकास भएको जिकिर गरे ।

‘जनता पीउने र खेतबारीमा लगाउने पानीबाट वञ्चित छन््, उनले भने, ‘सरकार पानी जहाज कुदाएर देश समृद्ध बनाउँछु भनेर सपना बाँडदै हिडेको छ । पार्टीभित्रको आन्तरिक विवाद र गुटसम्बन्धि नेता पौडे्लले कुनै त्यस्तो गुटउपगुट र विवाद नरहेको स्पष्ट पारे । भावि पार्टी नेतृत्वको सवालमा उनले पार्टीभित्र त्यागी र क्षमता भएका एकसे एक नेता रहेकाले जो पनि नेतृत्वमा आउन सक्ने सम्भावना रहेकाले समयको माग र कार्यकर्ताको भावनाअनुसार मात्र आफु अघि बढ्ने बताए ।

काग्रेस महाधिवेशन समयमा हुन सक्छ भन्ने जिज्ञासामा उनले पार्टी सभापति प्रष्ट वहुमतमा भएकाले यसै हो भन्न सक्ने अबश्था नरहेको तर समयमा महाधिवेशन नभए देशले ठुलै नोक्सानी व्यहोर्नु पर्ने बताए । उनले काँग्रेसको महाधिवेशन भनेको लोकतन्त्रको आधारपनि भएकाले यहीँ प्रकृया रोकिए लोकतन्त्र खतरामा पर्ने र देशलाई नै अहित हुने संकेत दिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *