उदयपुर, ७ चैत्र । नेपाल पत्रकार महासंघ शाखा उदयपुरले जिल्लाका पत्रकार लक्षित अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।
पेशागत हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि शाखाले सो कोष स्थापना गर्ने तयारी गरेको हो । शाखाले बिभिन्न संस्थाहरुको सहयोग रकमबाट एक लाख रुपैयाको उक्त कोष स्थापना गर्ने तयारी गरेको हो । आगामी तिन बर्षभित्र दश लाख रुपैयाको कोष बनाउने तयारी समेत रहेको नेपाल पत्रकार महासंघ शाखा उदयपुरको अध्यक्ष भरत खड्काले बताएका छन् । अध्यक्ष खड्काको अनुसार कोषका लागि विभिन्न संस्थाहरुबाट सहयोग संकलन गर्ने कार्य भइरहेको छ ।
संकलन गरिएको रकमको ब्याजबाट जिल्लाका पत्रकारलाई भइपरी आउने समस्या समाधानका लागि सहयोग पुग्नेछ । त्यसैगरि त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा एक लाख रुपैयाको त्रियुगा नगरपालिकाको संस्थापक मेयर लालसेर राईको नाममा ‘लालसेर राई स्मृित पुरस्कार’ कोष समेत खडा गर्ने तयारी गरेको छ । उक्त रकमको वार्षिक ब्याजबाट बर्षेनी जिल्लामा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई ‘लालसेर राई स्मृित पुरस्कार’बाट सम्मानित गर्ने निर्णय भएको छ ।
उदयपुरमा पत्रकार अक्षयकोष स्थापना
Facebook Comments