पूर्व राजा साहलाई उदयपुरमा भब्य स्वागत (फोटो फिचर सहित)

उदयपुर । पूर्व राजा ज्ञानेन्द्र साहको उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार भब्य स्वागत गरिएको छ । जनकपुरबाट अपरान्ह ३ः३० बजे गाईघाट आईपुगेका पूर्व राजा साहले त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित राधा कृष्ण मन्दिरमा करिब ३० मिनट पूजा आजा गरेका छन् । पूर्व राजा साह मोटरबाट ओर्लिएर करिब २० मिनट पैदल हिडेका थिए । उनलाई समर्थकहरुले पुष्प गुच्छा र माला लगाएर स्वागत गरेका थिए ।

‘राजा आऊ देश बचाऊ’ ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ हिन्दु राष्ट्र कायम गर भन्दै समर्थकहरुले चर्को नराबाजी गरिरहदा पूर्व राजा साह भने मुसुमुसु हासी रहेका थिए । फुलमाला, पुष्पगुच्छा लिएर सडकमा लामबद्ध भएका कतिपय सर्वसाधरणले उनको खुट्टा छुन लाग्दा आफैले समातेका थिए । ठूलो भिडले घेरिएका पूर्व राजा समर्थकहरुको स्वागतपछि आफै गाडी चलाएर राधा कृष्ण मंदिर पुगेका थिए ।

जनकपुरबाट ६ वटा गाडीमा दलवलकासाथ पुगेका उनलाई हेर्नेको ठुलो भिड लागेको थियो । सर्वसाधरणको भेटघाटपछि आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पत्रकारसँगको साक्षात्कारका लागि १० मिनेट सयम उपलब्ध गराउने बताएपनि उनले नितान्त धार्मिक कार्यक्रम भएकाले कुनै प्रतिकृया दिन चाहेनन् ।

सत्ता र विपक्षी दलका नेता पनि सहभागि
जिल्लामा पहिलो पटक आएका पुर्वराजालाई भेटघाटभन्दा पनि हर्नेको जमात निकै थियो । पुर्वराजालाई हेर्नैका लागि सत्तापक्ष र विपक्षी लगायतका पार्टीका जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । राजाको भ्रमण प्रति कुनै प्रतिकृया नदिएका राजनीतिक दलका नेताहरुले उनलाई हेर्नको लागि मात्र आएको बताए ।

डेढ घण्टासम्म उदयपुरबासीलाई समय छुट्याएका पुर्वराजालाई भेटेर आफ्ना समस्या राख्न आएका धेरैले भने समय नै पाएनन् । राजाको भ्रमणपछि भने उनका समर्थक भने निकै उत्साहित बनेका छन् । पुर्वराजा भ्रमण व्यवस्थापन समितिका संयोजक धुर्व रायामाझीले सोचेभन्दा बढि सर्वसाधरणको उपस्थिति रहेको बताए ।

उनले भने, ‘हामीले सामान्य पुजाअर्चना गरेर फर्कनु हुन्छ भन्ने सम्झेर त्यति प्रचार प्रसार गरेनौ, तर सर्वसाधरणको उपस्थिति हेर्दा तयारी र प्रचार प्रसारमा कमि भए जस्तो लाग्यो । ‘बेलामै प्रचारप्रसार गरेको भए २० हजार उपस्थिति गराउन सकिने रहेछ, उनले भने, ‘अघिल्लो पटकको भ्रमण स्थगित भयो, त्यसैले धेरै खवर पनि गरेनौ ।


भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *