नयाँ जनप्रेमीद्धारा औषधि व्यवस्थापनमा आर्थिक सहयोग

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने स्थित नयाँ जनप्रेमी सामुदायिक बन उपभोक्ता समितिले एक औषधी व्यवस्थापन समितिलाई आर्थिक सहयोग गरेको छ । बिभित अभाबहरु झेल्दै आफ्नो वडामा सञ्चालन हुदै आएको सामुदायिक औषधि व्यवस्थापन समितिलाई बनले आर्थिक सहयोग गरेको हो । सहयोग रु एक लाख रुपैया रहेको छ ।

छिटो र छरितो तरिकाले समयमै सेवाग्राहीहरुले सेवा पाउन भन्ने मुख्य उद्देश्यका साथ संस्थालाई आर्थिक सहयोग गरिएको सामुदायिक बनका अध्यक्ष बेदबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार समितिको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बरमा रकम जम्मा गरिएको थियो । जम्मा गरिएको रकमको भौचर त्रियुगा नगरपालिका– १४ साउनेका वडा सदस्यसमेत रहेका सामुदायिक औषधि व्यवस्थापन समितिका संयोजक हेमराज मगरलाई बुझाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *