



गाईघाट । कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बिकास कार्यक्रम उदयपुरको सञ्चालक समितिको संयोजकमा पूर्वसभाषद् मणी खम्बु सर्वसहमत चयन भएकी छिन् । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तरगत जिल्लामा सञ्चालन हुने सो कार्यक्रमको सञ्चालक समितिमा खम्बु सर्वसहमत चयन भएकी हुन् ।
जिल्लामा सञ्चालन हुदै आएको एक सय तिन कृषि सहकारी सञ्चालकहरुको आईतवार सम्पन्न एक भेलाले पूर्वसभाषद् खम्बुलाई सर्वसहमत चयन गरेको हो । भेलाले खम्बु नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चयन हुने नयाँ सञ्चालक समितिको सह–संयोजकमा केशक कुमार कार्की, सचिबमा सिद्धान्त राई र उप–सचिबमा भरत कार्की रहेका छन् ।
समितिको सदस्यहरुमा शुक्र बहादुर राई, गिता थापा, चक्र बहादुर कार्की, सरिता राई र बबिता राई रहेका छन् । त्यसैगरि सल्लाहकार समितिको संयोजकमा खड्ग बहादुर परियार रहेका छन् । अन्य सल्लाहकारमा गंगा राई, सरोजकान्त अधिकारी, दिपक अधिकारी र राज कुमार खड्का रहेका छन् । भेला जिल्ला समन्वय समिति उदयपुरको सभा हलमा भएको थियो ।
भिडियोः–