



बोक्से । पूर्वसभासद् तथा नेकपा नेतृ मणी खम्बुले रक्तअल्पता अर्थात बोनम्यारो पीडित शान्ति राईलाई आर्थिक सहयोग गर्ने भएकी छिन् । स्वास्थ्य अवस्था बुझ्न शनिवार बिरामीको घर पुगेकी खम्बुले यस्तो प्रतिबद्धता जनाएकी हुन् । उनले आफुपनि क्यान्सर पीडित भएको बताउदै रोग लाग्दैमा आतिनु नपर्ने बिरामीको परिवारलाई सुझाब दिएकी थिईन् ।
उनले आफुले सकेको र चिनेजानेको आफन्तलाई पनि सहयोगको अपिल गर्ने प्रतिबद्धता जनाएकी छिन् । निगरानी टिभी लगायत बिभिन्न सामाजिक सञ्जालमा बोनम्यारो पीडित राईको समाचार देखेपछि खम्बु बिरामीको घर त्रियुगा नगरपालिका– १० बोक्से नयाँबती पुगेकी थिईन् । खम्बु २०६४ मा सम्पन्न पहिलो संविधानसभामा उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्वसभासद् हुन् ।
भिडियोः–
Facebook Comments