उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई ग्याँस बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित महंकाली सामुदायिक बन उपभोक्ता समिति रहेको छ । परम्परागत चुलोको धुवाबाट बच्न, समयको बचत र बन बिनास रोक्न समुहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई ग्याँस बितरण गरिएको समुहको अध्यक्ष रोहित राईले बताए ।
अध्यक्ष राईका अनुसार ०७५÷७६ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षकबाट उपभोक्तालाई ग्याँस बितरण गरिएको हो । समुहमा आबद्घ ७२ घरधुरी मध्ये निम्न र बिपन्न बर्गका ३८ घरधुरीको उपभोक्ताहरुलाई एकएक थान ग्याँस र ग्याँस प्रयोगमा हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहको सचिब मिनबहादुर राई बताए । सचिब राईका अनुसार ग्याँस बितरण कार्यक्रममा उपभोक्ता भित्रको छ जना अपाङ्ग, अशक्त र बृद्घबृद्घाहरुलाई आर्थिक सहयोग समेत गरिएको छ ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एबं त्रियुगा नगरपालिका– १४ साउनेका वडाअध्यक्ष कुरुङ राई, कार्यक्रमका बिशेष अतिथि जिल्ला बन महासंघ उदयपुरका उपध्यक्ष बेदबहादुर राई लगायतका अतिथिहरुले एक साथ ग्याँस र ग्याँसमा प्रयोग हुने सामाग्रीहरु बितरण गरेका थिए । त्यसैगरि आर्थिक सहयोग पाउने अपाङ्ग, अशक्त र बृद्घबृद्घाहरुलाई वडाअध्यक्ष कुरुङ राई र समुहका अध्यक्ष रोहित राईले रकम हस्तान्तरण गरेका थिए ।
बिगतमा पनि उपभोक्ताहरुलाई यस सामुदायिक बनले आत्मानिर्भर बनाउने कार्यक्रमहरु गर्दै आएको समुहको निवर्तमान सचिब तिलक राईले बताए । निवर्तमान सचिब राईका अनुसार कृषिमा आधारित कृषक उपभोक्ताहरुलाई कृषि तालिम, सिलाई बुनाई तालिम लगायतका बिभिन्न उत्पादनमुलक कार्यक्रमहरु गर्दै आएको छ ।
शनिवार भएको कार्यक्रममा त्रियुगा नगरपालिका– १४ साउनेका वडाअध्यक्ष कुरुङ राई, जिल्ला बन महासंघ उदयपुरका उपध्यक्ष बेदबहादुर राई, पत्रकार महासंघ उदयपुरका सह–सचिब गजेन्द्र राई र छिमेकी नयाँ प्रगतिशिल सामुदायिक बनका अध्यक्ष मेघजित राई (कुमार) लगायतको उपस्थिति रहेको थियो ।
फोटोहरुः–