बिद्युत प्राधिकारण उदयपुरको लापरबाहीले बस्ति अध्यारो, आफुहरुको अनुरोधलाई बेवास्ता गरिएको स्थानीयको गुनासो

गजेन्द्र राई
उदयपुर ।  नेपाल बिद्युत प्राधिकारण उदयपुरको लापरबाहीले लामो समय यता स्थानीयहरु अध्यारोमा बस्न बाध्य भएका छन् । बाध्य हुनेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउनेका स्थानीयहरु रहेको छ । उनिहरु स्थानीय माझगाउँमा रहेको टासमिटरमा समस्या आएपछि अध्यारोमा बस्न बाध्य भएको हो । अहिले समयमा टासमिटर मर्मत नहुदा वडाको आधादर्जन भन्दा बढी घरधुरीमा बासोबास गर्ने स्थानीयहरु बिद्युत सेवाबाट बञ्चित छन् ।

समय–समयमा बिद्युत आउने जाने गरेपनि गत साउन दोस्रो हप्ताबाट बिद्युत ठप्प भएको स्थानीयहरु बताउछन् । यसबारे स्थानीय रानिबास फ्यूजसेवालाई पटक–पटक जानकारी दिएपनि फ्यूजसेवामा कार्यरत कर्मचारी पासाङ लामाले बिभिन्न बहानामा बेवास्ता गर्दै आएको उनिहरुको भनाई छ । बिद्युत समस्यालाई लिएर नेपाल बिद्युत प्राधिकारणको उदयपुर बितरण तथा ग्राहक सेवा कार्यालय गाईघाटमा समेत स्थानीयहरु पुगेको वडासदस्य हेमराज मगरले बताए ।

वडासदस्य मगरका अनुसार आईतबार कार्यालयमा पुगेका उनिहरु कार्यालय प्रमुख राम अयोध्य राय यादबलाई कार्यकक्षामा नपाउँदा केही समय आक्रोसितसमेत भएका थिए । रानिबास फ्यूजसेवाका कर्मचारीले टासमिटर मर्मत नगरेपछि टासमिटर मर्मतका लागि भन्दै उदयपुर बितरण तथा ग्राहक सेवा कार्यालय गाईघाटलाई पटक–पटक जानकारी गराएको स्थानीय तिलक राईले बताए । ‘बिद्युतमा समस्या आएपछि मर्मतका लागि कार्यालयलाई जानकारी गराईयो’ स्थानीय राईले भने ‘तर, स्थानीयहरुको अनुरोधलाई फ्यूजसेवा रानिबास र बितरण तथा ग्राहक सेवा कार्यालय गाईघाटले बेवास्ता गरिदियो’ ।

कर्मचारीको लापरबाहीले आफ्नो बस्तिमा बिजुली बत्ती नआएको अर्का स्थानीय मणिराम राईले बताए । उनले वडाका बस्तिहरुमा बत्ति आएपनि मासिक बिद्युत महशुल्क स्थानीयहरुले बुझाउदै आएका छन् । उनका अनुसार बिद्युत उपभोग गर्न नपाएका स्थानीयहरुको घर–घरमा समयमै मासिक बिद्युत महशुल्क बिल पुग्ने गरेको छ । अहिले बिद्युत नहुदा त्यस क्षेत्रका स्थानीयहरु बिद्युतबाट हुने सामान्य मोवायल चार्ज गर्नसमेत सदरमुकाम गाईघाट धाउनु परेको छ ।


भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *