हात्ती आक्रमणबाट उदयपुरमा एक युवाको मृत्यु

उदयपुर । बुधबार बिहान भएको हात्ती आक्रमणबाट उदयपुरमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेलका नगरपालिका–३ खैरेनी बस्ने बर्ष ३३ को रामबहादुर नेपाली रहेका छन् । घरमा सुतिरहेका अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कार्यालयका अनुसार बासको भाटाले बारेको घर फोरेर बिहान तिन बजे  उनिमाथि आक्रमण भएको थियो । हात्ती आक्रमणबाट उनको शरिरको बिभिन्न भाग क्षतबिक्षत भएको छ । अहिले उनको शब पोष्टमार्टमको लागि ईलाका स्वास्थ्य चौकी बेल्टारमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *