जिल्ला समन्वय समिति उदयपुरको प्रगति विवरण सार्वजानिक

उदयपुर ।  जिल्ला समन्वय समिति उदयपुरले वर्ष दिनको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । निर्वाचित भएको वर्ष दिनको अवसरमा मंगलबार पत्रकार सम्मेलन गरेर वर्ष दिनभित्र सम्पन्न गरेका कार्य प्रगतिको विवरण सार्वजनिक गरेको हो । कार्यक्रममा समितिका प्रमुख खड्गबहादुर दर्नाल (परियार)ले समन्वय समिति कार्यान्वयनमा आएपछि विभिन्न योजना अनुगमनका लागि छुट्टाछुट्टै अनुगमन समिति गठन गरिएको, जनप्रतिनिधि एवम् जनप्रतिनिधिका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको लगायतका गतिविधि गरिएको बताए ।

प्रमुख दर्नालका अनुसार नदीजन्य पदार्थ उत्खनन, संकलन र विक्री वितरण सम्बन्धमा सवै स्थानीय तहहरुबीच समन्वय र जिल्लाका विषयगत कार्यालयहरुसँग समन्वय गरी जिल्लाका विभिन्न विकास निर्माणका कार्य तथा विभिन्न समस्याहरु समाधान गर्न समन्वय गरिएको जानकारी दिए । समितिले विभिन्न शिर्षकमा ५ करोड १ लाख ८५ हजार ३९ रुपिँया राजस्व, कर, दस्तुर संकलन भएको जानकारी दिइएको छ । त्यसैगरी भारतीय राजदूतावासको सहयोगमा नारद आदर्श मावि बसाहा भवन निर्माणसमेत गरेको प्रमुख दर्नालद्धारा प्रस्तुत विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिका २, ५, ६ र ७, चौदण्डीगढी नगरपालिकाको ३ र ८, त्रियुगा नगरपालिकाको ८ र १५, कटारी नगरपालिकाको ५ र ७, उदयपुरगढी गाउँपालिकाको १, ६ र ८, रौतामाई गाउँपालिकाको ४, ५ र ६ कार्यक्षेत्रमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि सुरक्षित रोजगार सम्बन्धी सूचना प्रवाह र जोखिम र ठगीमा परेकालाई उद्धार÷खोजतलास र प्रमाण जुटाउन सहयोग गरी कानूनी उपचारमा सहयोग गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख दर्नालले केन्दीय सरकारबाट यस वर्षको लागि समन्वय समितिमा विभिन्न कार्यक्रम आएपनि अहिलेसम्म अख्तियारी नआएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *