प्रेमिकाको अश्लिल र आपत्तिजनक फोटो सार्वजनिक आरोपमा एक युवा पक्राउ

गजेन्द्र राई
उदयपुर । अश्लिल र आपत्तिजनक फोटो सार्वजनिक गरिदिने भन्दै आफ्नै प्रेमिकालाई ब्ल्याकमेलिङ गर्ने एक युवा उदयपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी स्थित इटरही नगरपालिका– १२ बस्ने बर्ष २४ को अशोक ठाकुर रहेका छन् । उनलाई आफ्नै प्रेमिकाले दिएको उजुरीको आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नबराज भट्टले बताए । एसपी भट्टका अनुसार सामाजिक सञ्जाल अन्तरगत फेसबुकबाट प्रेमिकाको अश्लिल र आपत्तिजनक फोटो सार्वजनिक गरिदिने भन्दै बारम्बार ठाकुरले धम्की दिदै आएका थिए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विवाह प्रस्ताबको क्रममा प्रेमिकाले अस्वीकार गरेपछि ठाकुरले त्यस्तो गतिबिधि देखाउन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धामा खुलेको छ । अहिले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । त्यसैगरी नक्कली फेसबुक आईडी बनाएर बारम्बार दुःखदिने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आफूले बनाएको नक्कली फेसबुकको म्यासेन्जरबाट अश्लिल र आपत्तिजनक फोटो अर्का व्यक्तिलाई एसएमएस गर्ने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– २ बस्ने बर्ष ३४ को नसुल मिया र त्रियुगा–११ गाईघाट बस्ने बर्ष २७ की आशा अधिकारी रहेका छन् । प्रहरीको अनुसार मियालाई गत साउन एक गते र अधिकारीलाई दुई गते पक्राउ गरिएको थियो । उनीहरुलाई अनुसन्धान पछि बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ । अहिले उनीहरुलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *