ऋण नतिरेको भन्दै उदयपुरमा शिक्षिका पक्राउ

गजेन्द्र राई
उदयपुर । लामो समयसम्म ऋण नतिरेको अरोपमा उदयपुरमा एक शिक्षिका पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा रौँतामाई गाउँपालिका– ७ धाङ्ले स्थित आधारभूत बिद्यालयमा कार्यरत शिक्षिका मैया कुमारी तामाङ रहेकी छिन् । लामो समयदेखि आफुहरु मारमा पर्दै आएको भन्दै ७ जनाले दिएको संयुक्त उजुरीको आधारमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको अनुसार ‘साहुबाट लिएको रकम लामो समय बितिसक्दा पनि शिक्षिका तामाङले व्याजसम्म बुझाउने कुनै चासो नदिने गरेको’ प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । उजुरीमा व्याज त कता हो कता शिक्षिका तामाङले सावाँसमेत वेपत्ता पारेको उजुरीमा उल्लेख गरिएको छ । पीडितहरुले दिएको उजुरीमा भनिएको छ ‘लामो समय आलटाल गरेर ऋण नतिरेपछि शिक्षिका तामाङसँग भेटेर रुपैया माग्दा उनले उल्टै हामीलाई सार्वजनिक रुपमा गाली गलौज र अपशब्द्ध प्रयोगगरी अशान्ति मच्याएर ऋण नतिर्ने भन्दै धम्क्याउने गरेकाले यो संयुक्त निबेदन दिन उपस्थित भएका छौं ।

आफू पीडित भएको भन्दै त्रियुगा नगरपालिका– ११ का देबबहादुर थापा, त्रियुगा–४ का सरस्वती बस्नेत कार्की, मिना कुमारी तामाङ, रौतामाई गाउँपालिका–७ का झुम्कीमाया मगर, माधब राउत, तुला तामाङ र पार्वतीले उनी बिरुद्ध उजुरी दिएका छन् । उनलाई आफू कार्यरत बिद्यालयबाट समेत रकम लगेर हिनामिना गरेको उजुरीमा उल्लेख गरिएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धानको लागि राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *