उदयपुरमा विपद् जोखिम न्यूनीकरण तालिम सम्पन्न

गजेन्द्र राई
उदयपुर ।  उदयपुरमा विपद् जोखिम न्यूनीरण सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । बिपद् पूर्व कसरी तयारी बस्न सकिन्छ भन्ने उद्देश्यका साथ गरिएको तालिम सदरमुकाम गाईघाटमा सम्पन्न भएको हो । शनिवार सम्पन्न तालिममा जोखिम न्यूनीकरण तथा प्रतिकार्य प्रणालीका लागि व्यवस्थापन नीतिबारे छलफल भएको आयोजकले जनाएको छ । कार्यक्रम वल्र्डभिजन इन्टरनेशनलको साझेदारीमा जाल्पा एकिकृत बिकास समाज उदयपुरको आयोजनामा सम्पन्न भएको थियो ।

तालिममा जिल्लामा रहेको स्थानीय निकायका प्रमुख, उपप्रमुख, सम्बन्धित कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र अन्य समन्धित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी काठमाण्डौको बिपद् व्यवस्थापन बिभागका बरिष्ठ कार्यक्रम संयोजक भोजराज घिमिरे र नेपाल रेडक्रस सोसाईटी झापाका तालिम अधिकृत प्रकाश कार्कीले गरेका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै बेलका नगरपाकिाका प्रमुख दुर्गा कुमार थापाले प्रभाबकारी साँझा एजेण्डा बनाए बिपद्सँग जुझ्न सकिने बताए । उनले जिल्लामा रहेको स्थानीय निकाय एकजुट हुनुको बिकल्प नरहेक बताए । त्यसको लागि प्रतिकार्य साँझा नीति बनाउन जरुरी रहेको उनको भनाई छ । त्यसैगरि चौदण्डीगडी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बिपद् समन्धि धेरै काम गर्दै आएपनि सचेतना समन्धिको काम जनताहरुमा गर्न नसकिएको बताए ।

“झट्ट हेर्दा स्थानीय निकाय बिच प्रतिस्पर्धा जस्तो लाग्छ” प्रमुख राईले भने “जे–जस्तो देखिएपनि बिपद्को समय एकजुट भएर लाग्नुको बिकल्प छैन” । उनले जिल्लाको सम्पत्तिको नाममा खोला र बन जङ्गल रहेको बताए । तर, त्यसैको कारण धेरै बिपद्हरु आईरहेकाले त्यसलाई सहि सदुपयोग गर्दै दुर्घट्ना रोक्न सबैलाई अनुरोधसमेत गरेका छन् । समापन कार्यक्रममा उदयपुरगडी गाउँपालिकाका उपप्रमुख सानुकुमारी राउत, त्रियुगा नगरपालिका स्थित बिपद् व्यवस्थापन समितिको संयोजकसमेत रहेका वडानम्बर सातका वडाध्यक्ष भिमबहादुर पुलामी मगर लगायतका अन्य प्रतिनिधिहरुले पनि बोलेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *