डराउँछु म मृत्युसित (कबिता)

  • श्रवण मुकारुङ

    जन्मेपछि
    मर्नु छ एक दिन
    तर,
    मृत्युसित डराउाछु म ।भीडमा कतै हराए कि भनेर
    हिड्दाहिड्दै
    यात्रामा कतै छुटो कि भनेर
    वा एकान्तको चिसो ढुंगोमुनि एक्लै
    आफ्नै र्‍यालमा अल्मलिरहेको चिप्लेकीरोझौ
    आफौले थाहा नपाउने गरी
    अचानक
    मर्छु कि भन्ने डर लाग्छ ।जसरी–
    पुच्छ्रेतारा खस्छ अचानक
    खस्छ–
    झरीले चुटिरहेको चुवाको फूल
    कुनै अपरिचित तर सुन्दर युवक देखेर तिमी
    केही क्षण बिर्सन्छौ मलाई….
    मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।

    जन्मेपछि
    मर्नु छ एक दिन
    तर,
    मृत्युसित डराउाछु म ।

    जसरी–
    बिजुली सट हुनुअघि सहरमा
    काप्दै तारहरु बेस्सरी हल्लिन्छन् हुरीबतासले
    जसरी–
    निभ्नुअघि
    तिम्रो शयनकक्षमा चट्चट् चट्किन्छ मैनबत्ती
    अथवा
    सूर्योदयसागै क्रमश: निभ्न थाल्छन् सुदूर गाउामा बत्तीहरु
    हत्केलाको हम्काइले
    ओठको फुकाइले
    बुढी औला र चोर औलाको चेपाइले
    मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।

    आखिर
    मान्छे बाच्ने त प्रेमले हो प्रिय !
    बूढी बाादर्नीको काखमा बच्चो बाादरझौ
    अथवा
    हनुमानको छातीभित्र रामझौ
    अथवा
    महादेवको छातीभित्र मृगस्वरुपा पार्वतीझौ
    अथवा
    बुद्धभित्र सिद्धार्थझौ
    अथवा
    कुनै गंगामायाको हृदयमा उसको हराएको छोरोझौ
    मभित्र छ्यौ तिमी
    त्यसैले,
    आत्महत्या गर्न सक्दिना
    मृत्युसित डराउाछु म ।

    आफ्नै बच्चाहरुले खाइमारेको
    माकुरोको मृत्युदेखि डराउाछु म
    चर्को घामले डढाइमारेको
    जूनकीरीको मृत्युदेखि डराउाछु म
    प्रतिरक्षामा मृत्युवरण गर्ने माहुरीको मृत्यु
    वा कुनै युद्धमा मरेको कान्छो मिलिसियाको मृत्युदेखि डराउाछु म ।
    सत्य हो जान्दाजान्दै
    बग्दाबग्दै नदीमा पुगेपछिको खोलाको मृत्युदेखि डराउाछु म ।

    जन्मेपछि
    मर्नु छ एक दिन
    तर,
    मृत्युसित डराउाछु म ।

    थाहा छ मलाई
    तिमी यतिखेर
    घृणाको तिखो चक्कु लिएर
    उभिएकी छ्यौ मभित्र
    मेरो प्रेम प्रस्ताव र सारा प्रयत्नहरू
    भुइाकुहिरोभित्र शीतले लपेटिएको छिचिमिरोको प्वााख भएको छ अहिले
    यो पनि थाहा छ मलाई
    कि कुनै पनि बेला कदापि छोड्ने छैनौ तिमीले
    भर्खरै डिम्बबाट निस्किएको
    मुख नउघ्रिसकेको हाासको टिउरोले झौ
    ठुङ्नेछौ मेरो सपनाको ढाडमा

    तैपनि म,
    तिम्रो यौवनको छालले किनारामा हुत्याइएको पेङ्गुइन
    आफ्नै रगत लागेको चुच्चोले
    कोखा सुम्सुम्याउादै
    पुलुक्क हेर्नेछु तिम्रो नक्कली प्रेमको अन्तिम रूप
    किनकि,
    म एक असल प्रेमी हुा
    बााचेर पनि बिस्तारैबिस्तारै
    मरिरहेको हाम्रो प्रेमको मृत्युसित
    डराउाछु म ।
    डराउाछु म आफ्नै मसिना डरहरूसित
    डराउाछु म मेरो यो मूल्यहीन मृत्युसित ।

    जन्मेपछि
    मर्नु छ एक दिन
    तर,
    मृत्युसित डराउाछु म ।

    लेखक मुकारुङको फेसबुकबाट साभार ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *