



उदयपुर । उदयपुरका वरिष्ठ पत्रकार पत्रकार महेश्वर चाम्लिङ आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । चाम्लिङलाई माओवादी केन्द्र १ नम्बर प्रदेश संयोजक सावित्री कुमार काफ्ले र प्रतिनिधिसभा सदस्य सुरेश कुमार राईले पार्टी प्रवेश गराएका थिए । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको अध्यक्ष समेत भईसकेका चाम्लिङलाई माओवादी केन्द्र उदयपुरको सचिवालय बैठकको अवसरमा प्रवेश गराईएको माओवादीका जिल्ला संयोजक विनोद कटुवालले बताए ।
‘माओवादी प्रति उहाँको झुकाव पहिले देखिनै थियो ।’ चाम्लिङले पार्टी प्रवेश गरेको बारे पुष्टी गर्दै संयोजक कटुवालले भने ‘उहाँ पहिले देखि नै वामपन्थी विचार बोक्ने तर विचमा केही समय स्वतन्त्र रहुनु भएकोमा आज माओवादी पार्टी प्रवेस गर्नु भएको छ ।’ नागरिक दैनिकका उदयपुर संवाददाता समेत रहेका चाम्लिङले २०६४ सालमा एमाले परित्याग गरि स्वतन्त्र रुपमा पत्रकारिता गर्दै आएका थिए । चाम्लिङले स्वतन्त्र हैसियतमा पत्रकार महासंघको दुई कार्यकाल अध्यक्षमा समेत विजयी भएका थिए । पार्टी प्रवेश कार्यक्रममा पत्रकार चाम्लिङले आफु पार्टीले दिएको जस्तो सुकै जिम्मेवारी बहन गर्न तयार रहेको उद्घोष गरे ।
‘म माओवादी प्रति ऋणी छु ।’ २०५४ सालमा गाविसको वडा अध्यक्ष समेत निर्वाचित चाम्लिङले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘मलाई माओवादीले धेरै चिज दिएको छ तर मैले अहिले सम्म माओवादीलाई दिन पाएको छैन, अव पार्टीले जिम्मेवारी दिए ऋण चुक्ता गर्न कुनै कसर बाँकी राख्ने छैन ।’ मलाई पार्टीले जिम्मेवारी दिन्छ भने पत्रकारिता क्षेत्रको जिम्मेवादी दिए सुनमा सुगन्ध हुने चाम्लिङले अपेक्षा व्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मोहन बहादुर खत्री, नेता भिम अधिकारी अनिल लगाएतको उपस्थिति रहेको थियो । चाम्लिङ उदयपुरबाट नियमित प्रकाशित हुने मुलुकी दैनिक र माझखर्क साप्ताहिकका प्रकाशक सम्पादक समेत हुन ।