अहिलेसम्म कै ठुलो परिणाममा लागुऔषध सहित उदयपुरमा तिन कारोवारी नाईके पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार ठुलो परिणाममा लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । सादापोसाकमा खटिएका प्रहरीको टोलीले दिउँसो २ बजे गाईघाट–कदमाहा सडकखण्ड अन्तरगत लालपत्ताबाट उनिहरुलाई पक्राउ परेको हो । उनिहरुलाई ८ सय ९७ एम्पुल र ३ सय पिस नोईट्रोभेट गोटीसहित पक्राउ गरेको हो । स.६.प. २०७६ नम्बरको मोटरसाईकलमा ३ जना चढेर जिल्लाको सदरमुकाम गाईघाटतर्फ आउँदै गरेका त्रियुगा नगरपालिका ६ लालपत्ताका २० बर्षीय अनिस खड्का, २१ बर्षीय सन्जिव खड्का र २३ बर्षीय प्रकाश खड्कालाई शंकास्पद देखिएपछि खानतलासी गर्नेक्रममा लागुऔषधसहित पक्राउ गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट डाईजेलासव ३ सय एम्पुल, फेनरागन २ सय ९८ एम्पुल, नुफिन २ सय ९९ र नाईट्रोभेट गोटी ३ वटा गोटी रहेको २० पत्ता बरामद गरेको जनाएको छ । वरामद गरिएको लागुऔषध अहिलेसम्मकै सबैभन्दा ठुलो परिणाम रहेको एसपी भट्टले बताए । उनले भने, ‘म आएपछि लागुऔषध सम्बन्धी थालिएको ‘विग अप्रेशन’मा यो अहिलेसम्मकै ठुलो सफलता हो ।’ २०७४ साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका एसपी भट्टले लागुऔषधविरुद्धको कारवाही चलाउँदा हालसम्म १ सय ३२ जनालाई पक्राउ गरी ७१ वटा मुद्दा दर्ता गरेको जानकारी दिए । बुधबार प्रहरी परिषरमा आयोजित पत्रकार सम्मेलनमा एसपी भट्टले हालसम्म फेनरागन २ सय २०, डाईजेलाव २ सय १८, लुपिजेसिक २ सय १४, नाईट्रोसन २ सय २६ पिस र स्पास्मोप्रक्सीवन १ सय २८ पिस बरामद गरिएको जानकारी दिए ।

त्यसैगरी २ कठ्ठा जग्गामा लगाएको अफिम खेती नष्ट गर्नुकासाथै गाँजा ५ केजी १ सय ४५ ग्राम वरामद गरेको जानकारी दिए ।
यसअघि प्रहरीले निकै मेहनतपछि लागुऔषध कारोबारीका मुख्य २ नाईकेलाई नै पक्राउ गरेको थियो । सेवनकर्तालाई पक्राउ गरिएकोमा अघिल्लो पटक भने प्रहरीले २ जना कारोबारी जिल्लाभरका सेवनकर्तालाई विक्री गर्ने त्रियुगा नगरपालिका १० बोक्से घर भई वडानं ११ मा बस्दै आएका ३० बर्षीय पेशलकुमार घिमिरे र छिमेकी मुलुक भारतबाट सिरहा हुँदै उदयपुर जिल्लामा सप्लायर्सको काम गर्दै आएका सिरहा जिल्लाको लाहान नगरपालिका ३ का १९ बर्षीय राजु भनिने राजकुमार यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका सबैजनालाई अन्य कुनै सूचनाभन्दा पनि नियमित र छडके चेकजाँचकाक्रममा सदरमुकाम प्रवेश गर्ने मुख्य नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको जनाएको छ । एसपी भट्टले लागुऔषध कारोवारी र सेवनकर्ता न्युनिकरणका लागि विशेष योजना बनाएर लागि परेको बताए । उनले सेवनकर्ता मात्र नभई मुख्य कारोवारी नाईके नै पक्राउ गर्न प्रहरी सफल भएको बताए । यधपि चुपलागेर बस्न सक्ने अबश्था नरहेको बताउँदै उनले अझ निगरानीलाई बढाउने बताए ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *