टिफर दुर्घटनामा सह–चालकको मृत्यु

उदयपुर । टिफर दुर्घटना हुँदा उदयपुरमा सह–चालकको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकाबाट कटारी तर्फ जादै गरेको ना.४ ख १८६० नम्बरको टिफर नेपालटारको दनुवारबेसीमा दुर्घटना हुदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–४ बगहाका २२ वर्षिय सुबोध परियार रहेको छ । परियार दुर्घटना भएको टिफरको सह–चालक रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा घाईते भएका परियारको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीका अनुसार चालकको लापर्बाहीले टिफर दुर्घटना भएको बुझिएको छ । अहिले मृतक परियारको शब पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *