डा. रणशेर राईको स्मारिका प्रकाशन

उदयपुर । उदयपुरको शिक्षा, स्वास्थ्य र सहर व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका स्व. डा. रणशेर राईको स्मारिका आईतबार एक कार्यक्रमका विच सदरमुकाम गाईघाटमा सार्वजानिक गरिएको छ । स्व. राई स्मृति अक्षयकोष व्यवस्थापन समितिले राईले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै स्मारिकाको पहिलो अंक प्रकाशन गरी बजारमा ल्याएको हो । राईले विशेषगरी तीन क्षेत्रमा योगदान गरेको पाईन्छ । शिक्षाको क्षेत्रमा खोटाङको तत्कालिन धिुतुङ गाबिस हालको तुवाचुङ नगरपालिका ८ मा पहिलो बिद्यालय स्थापना गरेको पाईन्छ ।

त्यसैगरी स्वास्थ्यको क्षेत्रमा धामी र झाक्रीँको भरमा अन्धविश्वासमा बसेकाहरुका लागि मेडिकल क्षेत्रमा डाक्टर बनी गाउँ गाउँमा पुगि उपचार गर्ने गरेको अक्षय कोष व्यवस्थापन समितिका अध्यक्ष तथा राईका छोरा महेन्द्र राईले बताए । पछिल्लो समय बजार क्षेत्रको सहरीकरणलाई मध्यनजर गर्दै उदयपुरको सदरमुकाम गाईघाटलाई वजारिकरण र सहरी व्यवस्थापनमा उनको महत्वपूर्ण भुमिका रहेको अध्यक्ष राईले बताए । उनले स्थापना गरेको बुलापन्थे माध्यमिक बिद्यालयमा अहिलेपनि बार्षिक स्मृती सभा कार्यक्रम हुने गर्दछ ।

बिद्यालयमा नै अक्षयकोष स्थापना गरी गरिव तथा जेहेन्दार बिद्यार्थीका लागि बर्षेनी पुरस्कृति गरिँदै आएको छ । १९८२ फागुन २३ गते जन्मिएका राईको देहवसान २०३७ जेठ २२ गते भएको थियो । व्रिटिस आर्मीको सेवासँगै राई गाउँमा सामाजिक कार्यमा पनि उत्तिकै सहभागिता जनाउने गरेको छोरी गंगा राईले बताईन । राईले सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गर्दै ५२ जना लेखकका शब्दहरु स्मारिकामा समेटिएका छन् ।

स्मारिकामा पुर्व प्रमुख जिल्ला अधिकारी सितारामा पोखरेलले मैले देखेको पहिलो डा. रणशेर राई, रामचन्द्र बस्नेतले गाईघाटमा मैले देखेको शेर, दिपा राईले राइफल मेन बन्दुके मात्र हुन सक्दैनm वलराम पोखरेलले समाजसेवी डा. रणशेरको योगदान, अम्बिका कुमारी राईले आफै जलेर उज्यालो दिने डा. राईका बिषयबस्तु समेटिएको छ । स्मारिकामा डा. तारामणी राई, डा. बिष्णुृ राई, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, मनोहर थापा लगायतले पनि राईको सम्झनामा आफ्ना लेखहरु प्रस्तुत गरेका छन् ।

स्मारिकाको सार्वजानिक गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सदरमुकाम गाईघाटलाई सहरीकरण गर्न राईको महत्वपूर्ण भुमिका रहेको बताए । उनले इतिहास बोकेका सबैलाई नगरपालिकाले सम्मान गर्दै उहाँहरुले देखेका सपनालाई साकार बनाउन छुट्टै समिति बनाई कामहरु अघि बढाईने प्रतिबद्धता व्यक्त गरे ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *