पत्रकार महासंघद्धारा उदयपुरमा कैदीबन्दीलाई पत्रपत्रिका वितरण

उदयपुर । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शाखा उदयपुरले जिल्ला कारागारभित्रको अवस्थाबारे बुझ्नुका साथै पत्रपत्रिका प्रदान गरेको छ । कारागारलाई राज्यले सुधार गृहको रुपमा लिएको अवस्थामा कारागारभित्रको अवस्था बुभ्mन शाखाले कैदीबन्दीहरुसंग भेटघाट तथा पत्रपत्रिका वितरण कार्यक्रम गरेको हो । कारागार प्रमुख मुकुन्द ढकाल, सुरक्षा इन्चार्ज असई धनकुमार श्रेष्ठसंगको समन्वयमा भएको कार्यक्रममा पत्रकार महासंघको तर्फबाट पत्रपत्रिका प्रदान गरिएको थियो ।

महासंघको पहलमा कैदीबन्दीहरुका लागि दैनिक तथा साप्ताहिक पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइएको छ । ५० जना क्षमता रहेको कारागारमा हाल ९ महिलासहित १ सय २३ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढि रहेपनि खान, बस्नका लागि राम्रै व्यवस्था रहेको उनीहरुले बताए । आफुहरुका लागि पत्रपत्रिका वितरण गरेकोमा खुसी व्यक्त गरेका उनीहरुले कारागारभित्र ढाकाटोपीको कपडा बुन्ने, मुढा, कुर्सी बनाउने जस्ता उद्यमशिलता पनि सञ्चालन गरिएको र त्यसबाट आयआर्जनसमेत गर्दै आएको बताए ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *