प्रहरीमा सजिलै उन्मुक्ति पाएपछि शिविरको नाममा खुलेआम ठगी

उदयपुर । उदयपुरमा एक अबैंधानिक ढंगले सञ्चालनमा रहेको आयुर्वेदीक क्लिनिकले खुलेआमरुपमा सर्बसाधारणलाई ठगी गरिरहेको छ । ठगी गर्ने जिल्लाको त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित आयुष आयुर्वेदीक क्लिनिक रहेको छ । एक महिनाअघि मात्र सो क्लिनिकमा प्रहरीले छापामारी डाक्टर र सञ्चालक दुबैलाई पक्राउ गरेका थिए । पक्राउपछि विनाकारवाही उन्मुक्ति दिएपछि उक्त क्लिनिकले खुलेआमरुपले सर्बसाधारणलाई ठगी गरिरहेको पाईएको स्थानीयहरु बताउछन् ।

स्थानीयहरुका अनुसार अहिले अबैधानिकरुपले स्वास्थ्य शिविर सञ्चालन गरेर सर्बसाधारण ठगी छ । आफैमा अबैंधानिक रहेको क्लिनिकले सगरमाथा अञ्चल आयुर्वेदीक कार्यालय, गाईघाट र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट कुनै पनि स्विकृति लिएको छैन । फागुन २६ देखि २८ गतेसम्म सञ्चालन भनिएको शिविरमा गाउँगाउँबाट सर्बसाधारणलाई बोलाई शिविरको नाममा ठगी गरिरहेको उनिहरु बताउछन् । क्लिनिकका चिकित्सक डा. सुजित यादवले सम्बन्धीत निकायबाट स्विकृति लिई शिविर सञ्चालन गरेको भन्दै बचाउ गर्न खोजेका छन् । बैंधानिकताको कागज प्रमाण देखाउन नसकेपछि डा. यादवले क्लिनिक दर्ताको प्रक्रिया अगाडी बढिरहेको बताए ।

अबैंधानिक र सामान्य मापदण्डसमेत पुरा नगरी ठगी गरिरहेको अवस्थामा पक्राउ परेका चिकित्सव डा. सुजित यादव र सञ्चालक बाबुराम कार्कीले प्रहरीसंगको मिलेमतोमा सम्बन्धीत सगरमाथा अञ्चल आयुर्वेदीक कार्यालयलाई जानकारीसमेत नदिई उन्मुक्ति पाएको थियो । डा. सुजितको नाममा सञ्चालक बाबुराम आफैले अप्रेशनसम्मको काम गरेर विरामीलाई जोखिममा पार्ने र मोटो रकम असुल्ने गरेको पाइएको थियो । पिडित विरामीको पैसा फिर्ता गराउने सामान्य सर्तमा प्रहरीले उनीहरुलाई छाडेको थियो । सञ्चारमाध्यमहरुमा सार्बजनिक भएको उक्त घटनाको बारेमा प्रहरी र प्रशासनले सामान्य जानकारीसमेत नदिएको गुनासो अञ्चल आयुर्वेदकि कार्यालय, गाईघाटका प्रमुख संजिवकुमार यादवले गरेका छन् ।

प्रमुख यादवले उक्त क्लिनिक पूर्णतः अबैंधानिकरुपमा सञ्चालन रहेको बताए । दर्ता नै नरहेको क्लिनिकले शिविर सञ्चालन गर्न नमिल्ने, शिविरका लागि स्विकृति चाहिनेमा त्यो समेत नलिएको बताए । जनताको स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गर्ने दोषीहरुलाई सजिलै उन्मुक्ति दिनाले उपचारको नाममा खुलेआम ठगी गर्ने क्लिनिकहरु प्रशस्तमात्रामा मौलाइरहेको स्थानीय सम्भुकुमार चौधरीले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले शिविरका लागि पत्रसमेत नकाटेको बताएका छन् । उनले प्रशासनको तर्फबाट बुझेर आवश्यक कारवाही अगाडी बढाइने पनि बताएका छन् ।

ami-final

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *