बिरामी बा लाई प्रश्न (कबिता)

  • जीवन अाराेही

    बा !
    क्वी-भीर जस्ताे हजुरकाे निधारमा
    चाउरिएकाे धर्साहरु छन
    याे समयकाे रेखाहरु हाे कि, पुर्खाहरुकाे बिरासत ?कुर्कुचाकाे उल्टाे बगरमा
    हिउँदे बाँझाे खेत जस्ताे
    धाजा फाटेकाे देख्छु समयकाे रेखाहरुभनिदिनुस बा
    याे साशकहरुकाे निशानी हाे कि
    अाफ्नै सन्तानकाे भविष्य हिडाउने गाेरेटाे ?

    यदाकदा ‘नछुङ’ले ग्रह बिग्रेकाे जाेखना हान्छ
    ‘ज्याेतिसी’ले जीवनकाे अायु नापीदिन्छ
    अाफ्नै हत्केलाका अाैलाहरु भन्दा छाेटाे र थमाईदिन्छ
    विश्वासकाे ‘स्टेथेस्काेप’ भिरेका कलमले पाहुना जस्ताे अायुकाे कागज ।

    तै पनि
    हर साँझ बिहान
    अनुहारमा फैलिएकाे देख्छु
    खुसीकाे ईन्द्रेणी र सजाईरहनुहुन्छ फुल जस्ताे मुस्कान ।

    अाेठमा हरपल गुञ्जिरहेकाे सुन्छु
    हाम्रा लागि लामाे अायुकाे गीत ।

    बगिरहेकाे देख्छु
    अक्करकाे डाडाे जस्ताे
    हजुरकाे निधार र तालुबाट तप्प तप्प उमेरकाे नदी ।
    पुरानाे कमिजबाट अाउने पसिनाकाे गन्ध
    किन मन पर्छ हजुरकाे स्वसप्रस्वासलाई ।

    भनिदिनुस बा
    यसरी सुखलाई बन्धकी राखेर
    दुखमा मुस्कुराईरहने हजुरकाे बर्तमान कुन भविष्यकाे लागि हाे ?

    भिडियोः–

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *