उदयपुर । राष्ट्रपति बिद्यादेवी भण्डारीले सामुदायिक बिद्यालयको समुचित व्यवस्थाबाट मात्रै मुलुक समृद्ध हुने बताएकी छिन् । उदयपुरको कटारीस्थित त्रिवेणी माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै भण्डारीले सामुदायिक बिद्यालयको गुणस्तरीयता, विकास र समृद्धीबाट मात्र देशविकास सम्भव हुने बताईन । उनले प्राकृतिक स्रोतसाधनको धनि देश भएपनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउँदै शिक्षाको क्षेत्रबाट स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिईन ।
राष्ट्रपति भण्डारीले राष्ट्रको ठुलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो रहेको औल्याईन । प्राविधिक शिक्षामा जोड दिँदै भण्डारीले उद्योग कलकारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै वेरोजगारी समस्याको समाधान गर्नु पर्ने बताईन । भण्डारीले श्रमको उचित सम्मान नहुँदा मुलुक समृद्ध बन्न नसकको जिकिर गर्दै अभाव र गरिवी हटाउन स्थानीय प्राकृतिक स्रोतसाधनको अधिकतम प्रयोग र श्रमको सम्मान गर्न आबश्यक रहेको बताईन ।
उनले मुलुक यतिबेला तीन वटै तहको निर्वाचन सम्पन्न गरी सुखी र समृद्ध नेपालतर्फ अग्रसर भएको बताउँदै विकास निर्माणमा सबैको सार्थक सहभागिता र सहयोग आबश्यक रहेको बताईन । स्थानीय प्रंशगमा उनले त्रिवेणी क्षेत्रका खनिज पर्दाथ, जलस्रोतको अधिकतम प्रयोग, कच्चा पर्दाथको औधौगिकरण तथा उदयपुर सिमेण्ट उद्योगको उचित व्यवस्थापन र सुधार गरी जिल्लाको विकास निर्माणलाई अगाडी बढाउनु पर्नेमा जोड दिईन ।
कार्यक्रममा प्रदेशनं १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड, तराईको फाँटले सजिएको १ नम्बर प्रदेश विकास, समृद्धी र सम्पन्नताले पनि १ नम्बर नै बन्ने ठोकुवा गरे । उनले केहि दिन भित्रै प्रदेश सरकारले समृद्ध प्रदेशको खाका तयार गरी सार्वजानिक गरिने बताए । राईले वर्तमान अबश्थामा द्धन्द्ध, आराजक, अस्थिरताको कुनै गुन्ज्यास नहुने भन्दै तीन वटै तहको निर्वाचन पछि मुलुकमा संक्रमणकालको अन्त्य भएको उद्घोष गरे ।
मुख्यमन्त्री राईले मुलुक यतिबेला नयाँ युग, नयाँ एजेण्डा लिएर अघि बढिसकेकाले सानातिना समस्यालाई तेस्राएर समृद्ध नेपाल निर्माणको यो महाअभियानलाई छेकबार नगर्न सबैलाई आग्रह गरे । कार्यक्रममा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा कटारी बिद्यार्थी समाजका अध्यक्ष शम्भु थापाले त्रिवेणी स्कुललाई देशकै नमुना स्कुल बनाउने उद्घोष गरे । कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयलाई यो अबश्थामा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कदरपत्रबाट सम्मान गरेकी दिईन ।