प्रहरीद्वारा ठूलो मात्रामा लागूऔषध बरामद

गजेन्द्र राई
उदयपुर, ७ माघ । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठूलो मात्रामा लागू औषध र त्यसका कारोवारीलाई पक्राउ गरी शुक्रबार सार्बजनिक गरेको छ । जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले पत्रकार सम्मेलनकाबीच एकसाताभित्रमा विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको एसपी नरबहादुर केसीको अनुसार गत माघ ५ गते त्रियुगा नगरपालिका २ को एक झाडीबाट त्रिनपा ३ का १७ बर्षिय दिपु विक र त्रिनपा २ का १९ बर्षिय मिलन राई पक्राउ परेका थिए । उनीहरुको साथबाट फेनेरागन ३६ एम्पोल, लुपिजेसिक ३६ एम्पोल र डाईजाल्याब ३६ एम्पोेल बरामद भएका थिए । त्यस्तै सोही दिन त्रिनपा २ असारीरोडबाट त्रिनपा ४ का २७ बर्षिय आसिस कार्की, त्रिनपा २ का २३ बर्षिय मविन खत्री र त्रिनपा ७ का १७ बर्षिय सन्जोग अधिकारी पक्राउ परेका थिए । उनीहरुको साथबाट डाईजापाम ६ एम्पोल, फेनारागन ८ एम्पोल, लुपिजेसिक ६ एम्पोल र प्रयोग भएका केही लागूऔषध र सिरिन्ज समेत बरामद भएका थिए । त्यसैगरी पुस २८ गते त्रिनपा १ स्थित आँखा अस्पताल अगाडीबाट त्रिनपा १ का ३० बर्षिय किरण कार्कीलाई डाईजेल्याव ९ एम्पुल, फेनारगन ९ एम्पुल, लुपिजेसिक ७ एम्पुलसहित पक्राउ परेका थिए ।

माघ ६ गते त्रिनपा ६ ज्योतिनगरबाट त्रिनपा २ का २० बर्षिय सन्जोग चौधरी र जोगिदह ६ का १७ बर्षिय हरी अधिकारी ३० ग्राम गाँजासहित पक्राउ परेका छन् । प्रहरीको विशेष अप्रेशण अधियान अन्तर्गत उनीहरु पक्राउ परेको एसपी केसीले बताए । बढ्दो लागू औषध कारोवार र प्रयोगकर्ताहरुमाथिको प्रहरीको कडा निगरानी राख्दै आएकोमा ठूलो मात्रामा पक्राउ पार्न सफल भएको उहाँले बताए । प्रायःजसो एकान्त ठाउँ, झाडीहरुमा बस्ने ठाउनै बनाएर लागू औषधको कारोवार र प्रयोग गरेको पाईएको उनले बताए । त्यसमा प्रहरीले कडा निगरानीका साथ अनुसन्धान तथा पक्राउ गरिरहेको उनले बताए । त्यैसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको विभिन्न पहाडी गाविसमा अबैधरुपमा लगाईएको १९४ रोपनी जग्गाको गाँजा खेती फडानी गरेको जनाएको छ ।राई उदयपुर, ७ माघ । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठूलो मात्रामा लागू औषध र त्यसका कारोवारीलाई पक्राउ गरी शुक्रबार सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले पत्रकार सम्मेलनकाबीच एकसाताभित्रमा विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको एसपी नरबहादुर केसीको अनुसार गत माघ ५ गते त्रियुगा नगरपालिका २ को एक झाडीबाट त्रिनपा ३ का १७ बर्षिय दिपु विक र त्रिनपा २ का १९ बर्षिय मिलन राई पक्राउ परेका थिए । उनीहरुको साथबाट फेनेरागन ३६ एम्पोल, लुपिजेसिक ३६ एम्पोल र डाईजाल्याब ३६ एम्पोेल बरामद भएका थिए । त्यस्तै सोही दिन त्रिनपा २ असारीरोडबाट त्रिनपा ४ का २७ बर्षिय आसिस कार्की, त्रिनपा २ का २३ बर्षिय मविन खत्री र त्रिनपा ७ का १७ बर्षिय सन्जोग अधिकारी पक्राउ परेका थिए । उनीहरुको साथबाट डाईजापाम ६ एम्पोल, फेनारागन ८ एम्पोल, लुपिजेसिक ६ एम्पोल र प्रयोग भएका केही लागूऔषध र सिरिन्ज समेत बरामद भएका थिए ।

त्यसैगरी पुस २८ गते त्रिनपा १ स्थित आँखा अस्पताल अगाडीबाट त्रिनपा १ का ३० बर्षिय किरण कार्कीलाई डाईजेल्याव ९ एम्पुल, फेनारगन ९ एम्पुल, लुपिजेसिक ७ एम्पुलसहित पक्राउ परेका थिए । माघ ६ गते त्रिनपा ६ ज्योतिनगरबाट त्रिनपा २ का २० बर्षिय सन्जोग चौधरी र जोगिदह ६ का १७ बर्षिय हरी अधिकारी ३० ग्राम गाँजासहित पक्राउ परेका छन् । प्रहरीको विशेष अप्रेशण अधियान अन्तर्गत उनीहरु पक्राउ परेको एसपी केसीले बताए । बढ्दो लागू औषध कारोवार र प्रयोगकर्ताहरुमाथिको प्रहरीको कडा निगरानी राख्दै आएकोमा ठूलो मात्रामा पक्राउ पार्न सफल भएको उहाँले बताए । प्रायःजसो एकान्त ठाउँ, झाडीहरुमा बस्ने ठाउनै बनाएर लागू औषधको कारोवार र प्रयोग गरेको पाईएको उनले बताए । त्यसमा प्रहरीले कडा निगरानीका साथ अनुसन्धान तथा पक्राउ गरिरहेको उनले बताए ।

त्यैसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको विभिन्न पहाडी गाविसमा अबैधरुपमा लगाईएको १९४ रोपनी जग्गाको गाँजा खेती फडानी गरेको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *