नेपाली सेनाले हाम्राे विद्रोहलाई स्वागत गर्छन् : नेता बस्तोला

गजेन्द्र राई
उदयपुर, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लब समूह)का स्थायी कमिटि सदस्य धर्मेन्द्र बास्तोलाले नेपाली जनताको आन्दोलनलाई दबाउने कुनै पनि उद्देश्य नेपाली सेनामा नदेखिएको बताएका छन् । पार्टीको दोस्रो उदयपुर जिल्ला अधिवेशनलाई बुधबार सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएको हो ।

उनले आफ्नो पार्टीले सशस्त्र बिद्रोह गर्ने भन्दै (संसदीय दलहरुलाई ईङ्गित गर्दै) दलालहरुले हल्ला फैलाउने गरेको र बिद्रोह गरिहाले नेपाली सेना लगाएर सिध्याने समेत तानावाना बन्ने गरेको बताए । “जतिबेला जनमुक्ति सेना व्यारेकमा थियो” नेता बास्तोलाले भने “त्यतिबेला नेपाली सेना बाहिरनै थियो” । त्यो समय गणतन्त्र घोषणा हुने तयारी थियो, त्यस्तो समयमा नेपाली सेनाले चाहेको भए जेपनि हुन सक्थ्यो तर जनाताको भावनालाई कदर गर्दै सेना चुपलागेर बसेको उनको भनाई थियो । अहिलेको समयमा नेपाली जनताको बिद्रोहलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि स्वागत गर्ने उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनताको १० बर्षे जनयुद्धमा हारेको सम्झेर पनि आफुहरुको बिद्रोहलाई स्वागत गर्ने नेता बास्तोलाले बताए ।

उनले संसदबादी दलहरुलाई चोटिलो शब्द प्रहार गर्दै संसदबादी शासनले जनतलाई जहिलेपनि कंगाल पारेको बताए । संसदबादी दलहरुले राजाबादी र विदेशी प्रतिक्रियाबादीहरुसंग साँठगाठ गरेर आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अवस्थालाई ओरालो लगाएको आरोप समेत लगाएका छन् । जनयुद्धमा १७ हजार सपुतले रगत दिएपनि देशको अवस्थामा परिवर्तन नआएकोमा दुःख ब्यक्त गर्दै राष्ट्रिय स्वधिनताको लागि आफुहरु लडिरहने बताए । जारी संविधानले जनताको शिक्षा, स्वस्थ्य जस्ता मौलिक अधिकार पनि सुनिश्चित गर्न नसकेको पुनरलेखन गर्नुपर्ने बताए । देशमा ५० लाख बढि जनता सुकुम्बासी रहेको अवस्थामा देश समृद्ध बन्न नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा सगमाथा ब्यूरो इन्चार्ज दिपेश राई, ब्यूरो सदस्य शैलेश, राकेश, राष्टिय युवा जस्वयम सेवकका महासचिव बाबुराम राई लगायतले पनि सम्बोधन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *