उदयपुरको औषधी अनुगमनमा पसलहरु बन्द

उदयपुर । औषधी व्यवस्थापन विभागको अनुगमन टोली आउँदा उदयपुरमा औषधी पसलनै बन्द गरिएको छ । औषधी व्यवस्थापन विभागको शाखा कार्यलय बिराटनगरबाट अनुगमन टोली आउँदा जिल्लाको कटारी क्षेत्रका अधिकाँस औषधी पसल बन्द गरिएका हुन ।
अनुगमन टोलीले कटारी नगरपालिका क्षेत्र भित्रका औषधी पसलमा छड्के अनुगमन गर्दा औषधी पसल बन्द गरेर सञ्चालक फरार रहेको छ ।

अनुगामन टोलीका फर्मेसी अधिकृत अविनाश प्याकुरेलले औषध पसल सञ्चालकले पसल बन्द गरेर भागेको आरोप लगाएका छन् । ‘हामीले ईलाका प्रशासन कार्यालय कटारी र इलाका प्रहरी कर्यालय कटारीलाई जानकारी दिएर अनुगमन गर्न आएका थियौ,’ अधिकृत प्याकुरेलले भने ‘कटारीबाजर र बजार आसपास रहेको झण्डै दुई सय औषधी पसल बन्द गरेर सञ्चालन भागे ।’ कटारी बजारमा रहेका ठुला औषधीमध्ये साँझा पोलीक्लीनिक, सगरमाथा हास्पिटल,बारा मेडिकल, देव मेडिकल, रोहित रोशन मेडिकलका सञ्चालक भागेको अनुगमन टोलीले जनाएका छ ।

उनिहरुको अनुसार अनुगमनको क्रममा भेटिएका केही औषधी पसलमा बिल चुस्त दुरुस्त नभएको, पसल दर्ता प्रमाणपत्र नबिकरण नगरिएको, म्याद सकिएको औषधी विक्रि वितरण गरिएको, औषधि मिश्रीत राखिएको, नेपाल सरकारबाट प्रतिबन्धित औषधी विक्री गरिएको फेला परेको छ । औषधीव्यवस्था विभागको सामान्य मापदण्ड पनि औषधी पसलले पुरा नगरेको समेत भेटिएको उनिहरुको भनाई छ ।

कटारी मोडल हेल्थ केयर प्रा.लि., आस्था हस्पिटल प्रा.लि., उज्वल मेडिकल, ओवैस फर्मा, शाह मेडिको, र हलेसि फार्मेसी मापदण्ड विपरित भएकाले मापदण्ढ पुरा गर्न निर्देशन दिइएको उनिहरुले जनाए । अनुगमनमा बन्द हुने औषधी पसललाई जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पत्रचार गरी कानुनी कारवाही हुने अनुगमन टोलीले जनाएको छ ।
aaushdhi-pasal

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *