उदयपुरको औद्योगिक महोत्सवमा जुवाजन्य खेल (फोटो फिचर सहित)

 गजेन्द्र राईnigarani-suchana
उदयपुर । उदयपुरको गाईघाटमा भईरहेको घरेलु तथा औद्योगिक महोत्सवमा जुवाजन्य खेल खेलाईने गरेको छ । घरेलु तथा साना उद्योग महासंघ शाखा उदयपुरको आयोजनामा भईरहेको महोत्सवमा सो खेल खेलाईने गरेको हो । खेलहरुमा डाईस, तिरबोर्ड, घिरनिरेस, लक्कीसिक्स लगायतका छन् । १० दिनसम्म चल्ने महोत्सवको तेस्रो दिन देखि उक्त खेल खलाउन सुरु गरिएको स्थनीय व्यापारिहरु बताउछन् ।

उनिहरुका अनुसार प्रहरी प्रशासनको आँखा अगाडी नै उनिहरुले जुवाजन्य खेल खेलाउने गरेको छ । खेल खेल्ने क्रममा ठूलो रकम हारमारसमेत हुने गरेको छ । यस बिषयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले महोत्सवको स्वीकृति आफैले दिएपनि कुनैपनि जुवाजन्य खेलको स्वीकृति नदिएको बताए ।“घरेलु उद्योेग प्रबद्र्धन स्टल र बालबालिका मैत्री स्वच्छ मनोरञ्जन खेल बाहेक” प्रमुख कडेलले भने “अन्य मानिस तर्साउने खेलदेखि रकम हारजित हुने कुनैपनि खेलको स्वीकृति दिईएको छैन्” । महोत्सव स्वीकृत दिनु अघिपछिपनि यस बिषयमा कुरा भएको प्रमुख कडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) नबराज भट्टले रकम हारजित हुने कुनैपनि खेल स्वीकृत नरहेको बताए । उनले स्वीकृत नगरिएको खेलहरु खेलाईए तत्काल कार्वाही गर्ने बताएका छन् । उता महोत्सव मुल आयोजक समितिका अध्यक्ष मधुकर थापाले यस बिषयमा आफुलाई केहि जानकारी नभएको बताए । आफु अन्य काममै व्यस्त रहेकाले पनि मेला भित्र कहाँ के हुने बारे जानकार नभएको बताए ।
2 3 4 5

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *