१८ वर्षे पप स्टारको उत्तेजक नृत्य रोक्न प्रधानमन्त्रीले पठाउनुपर्यो सेना (भिडियो सहित)

nigarani-suchana थाइल्याण्डकी टिन पप स्टारको भद्दा ‘डान्स’ का कारण देशको सेना आक्रोशित भएका छन् । १८ वर्षीया लाम्याई हाइथोन्गखाम उनको उत्तेजक डान्सका कारण चर्चित छिन् । उनका ‘सेक्सी मुभ’ ले उनलाई देशैभरी परिचित बनाएको छ ।उनका अनलाइनमा उपलब्ध भिडियोलाई लाखौंले हेर्ने गर्दछन् । थाई संस्कृतिमा उनले सनसनी नै मच्चाएकी छिन् ।

उनको नृत्यले थाइल्याण्डमा यतिधेरै खैलाबैला मच्चाएको छ कि थाइल्याण्डका नेताले उनले आफ्नो शरिर ढाक्नुपर्ने र साधारण नृत्य प्रस्तुत गर्नुपर्ने माग राखेका छन् । एफपी न्यूज एजेन्सीका अनुसार प्रयुत चान–ओ–चाले उनीविरुद्ध अभियान थालेका छन् । थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

उनले भने, ‘उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् ।’ ‘म यो विषयमा कुरा गर्न चाहन्नँ, मानिसहरुले मलाई पागल भन्लान् तर यो समस्यालाई समाधान गर्न सबैको सहयोग चाहन्छु ।’ विदेशी प्रभावमा परेर थाइल्याण्डमा विकृति भित्रिएको उनले आरोप लगाएका छन् ।

लाम्याईको नृत्यलाई मर्यादित बनाउन राजनीतिक दबाब आउन थालेपछि उनको नृत्य कम उच्छृङ्खल हुने अनुमान गरिएकोछ । उनका म्यानेजरले एफपीलाई भने, ‘प्रधानमन्त्रीले समेत उनको नाम दिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *