फरक क्षमता भएका विद्यार्थीलाई लुगाधुने मेसिन सहयोग

उदयपुर । फरक क्षमता (बौद्धिक अपाङ्गता) भएका विद्यार्थीलाई उदयपुरमा एक समाजसेवीले लुगाधुने मेसिन सहयोग भएको छ ।
जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्च माध्यामिक विद्यलयमा अध्ययनरत ११ जना बालबालिकालाई कपडा धुन सजिलो होस् भन्ने हेतुले त्रियुगा नगरपालिका ११ का समाजसेवी विमल श्रेष्ठले मेसिन सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको अनुरोधमा श्रेष्ठले शुक्रबार विद्यालयलाई करिव ४० हजार पर्ने मेसिन स्रोत शिक्षक अमृतबहादुर हमाललाई हस्तान्तरण गरेका हुन् ।

जाडोमा बैद्धिक स्रोत केन्द कक्षाका आया (केयर टेकर) लाई अशक्त बालबालिकाको लुगाधुन सहज होस् भनेर मेसिन प्रदान गरिएको दाता श्रेष्ठले बताए । शुक्रबार बिहान आफ्नो जन्मउत्सवमा बौद्धिक बालबालिकालाई खानेकुरा वाँडन पुगेका प्रजिअले केयर टेकर अजिता कार्कीले जाडोमा लुगाधुँदा हातका छाला उक्किएर कन्तविजोग देखेपछि तत्काल दाताको खोजी गरी सहयोग गरेकाहुन् । तीनवटा श्रोत केन्द्र रहेको उक्त विद्यालयमा ३० जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु अध्यनरत छन । वासिङ्ग मेसिन प्राप्त भएपछि लुगाधुन सजिलो हुने आया कार्कीले बताईन ।

फरक क्षमता भएका व्यक्तिलाई दैनिक जीवनमा सहज होस् भन्नका लागि मानविय हिसावले सहयोग गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कडेलले प्रतिक्रिया दिए । उनले भने, ‘विहान जे उदेश्यले बिद्यालयमा आए, त्यो पुरा गर्ने क्रममा जुन दृश्य देखे, त्यसले भित्री मन नै छोयो, सहयोग नगरी बस्न सकिन, यसले केहि हदसम्म भएपनि राहत मिल्छ भन्ने अनुभुति गरेको छु ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *