चिसोमा आगो ताप्न वन कार्यालय उदयपुरबाट दाउरा वितरण

उदयपुर । अघिल्लो दिन एक्कासी चिसो बढेपछि प्रभावित भएको जनजीवनलाई राहत दिन जिल्ला वन कार्यालय उदयपुरले आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारण प्रभावितलाई आगो ताप्न वन कार्यालयले बिहीबार विहान देखि गाईघाट बजार आसपास २० ठाउँमा दाउरा वितरण गरेको हो ।

वन कार्यालयले गाईघाट बजारका मुख्य चोक, पिपल चोक, टेम्पु चोक, बैंक लाईन, नगरपालिका कार्यालय पछाडि दाउरा वितरण गरेको छ । त्यस्तै सिडिओ कार्यालय, बोक्से चोक, नयाँ बस्ती, तरकारी बजार, बसपार्क लाईन, डिएम गेट, नयाँ बसपार्क, त्रियुगा पुल, पुरानो गाईघाट (पिजी) चोक, हवाईफिल्ड र फुलचोकमा गरी २० ठाउँमा ३० भारी दाउरा वितरण गरेको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताए ।

चिसोले प्रभावित जनजीवन सहज बनाउन आगो ताप्नका लागि दाउरा वितरण गरिएको उनले बताए ।
भण्डारीले १० क्वीन्टल दाउरा वितरण गरिसकेको र सदरमुकामबाहिरका अन्य प्रभावित ठाउँहरुका मुसहर बस्ती र सदाबस्तीमा पनि बिहीबार दिउसोसम्ममा वितरण गर्ने योजना सुनाए ।
jilla-ban

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *