उदयपुर । नेपाल बार एसोसियसन उदयपुरको नयाँ नेतृत्वमा शिब कुमार कार्की विजयी भएका छन् । बारको शनिबार सम्पन्न निर्वाचनबाट बारको अध्यक्ष पदमा कार्की बिजयी भएका हुन् । शनिवार सम्पन्न १४ औं अधिबेशन तथा २३ औं बार्षिक साधारण सभाबाट सर्वसहमत हुन नसकेपछि शनिवार निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्नुपरेको निर्वाचन मण्डकका संयोजक प्रदिब कुमार चौधरीले बताए ।
संयोजक चौधरीका अनुसार निकटतम प्रतिद्धान्दी बैकुण्ठ दाहाललाई ३७ मतको अन्तरले पछि पार्दै कार्की बिजयी भएका थिए । जम्मा ६३ मतदाता संख्या रहेकोमा ४३ खसेको मत मध्ये कार्कीलाई ४० मत प्राप्त भएको थियो भने दाहाललाई ३ मत प्राप्त भएको थियो । अन्य सबै पदमा भने सर्वसहमत रुपमा चयन भईसकेको छ ।
Facebook Comments